हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिमको निधन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार ११:११:५
![](https://nepalbahas.prixacdn.net/media/albums/killed_eCrNj59zWv_TQFGdQ0ADQ.jpg)
७ जेठ, काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ । समाचार एजेन्सीहरूले इरानी अधिकारीलाई उद्धृत गर्दै आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको निधन भएको उल्लेख गरेका छन् ।
दुर्घटना स्थलको मौसम निकै खराब रहेकोले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको थियो । टर्कीले राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर पत्ता लगाउन ड्रोन पठाएको थियो । टर्कीको समाचार एजेन्सी अनादोलुले एक ठाउँमा अत्यधिक तापको स्रोत भेट्टाएको तस्वीर सार्वजनिक गरेको थियो । टर्कीले प्राप्त गरेको यो सूचना इरानलाई जानकारी गराएको थियो ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियान, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती, पाइलट, सुरक्षा प्रमुख र चालक दलका सदस्य सवार रहेका थिए ।
दुर्घटना भएको ठाउँमा भिजिबिलिटी निकै कम छ रहेको बीबीसीले लेखेको छ । बाक्लो कुहिरोका कारण भिजिबिलिटी कमजोर हुँदा उद्धार प्रभावित भएको थियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानमा गत आर्थिक वर्षमा मध्यम आर्थिक सुधार
असार १४, २०८१ शुक्रबार
ट्रम्पले जिते ९० मिनेटको पहिलो राष्ट्रपति बहस
असार १४, २०८१ शुक्रबार
झारखण्डका पूर्व मुख्यमन्त्री सोरेनलाई जमानत
असार १४, २०८१ शुक्रबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १४, २०८१ शुक्रबार
वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन आग्रह
असार १४, २०८१ शुक्रबार
लागुदार्थ सेवन गर्ने सवारी चालक कारबाहीमा
असार १४, २०८१ शुक्रबार
मदन भण्डारी र गणेशमान नेतृत्व आन्दोलनले पञ्चायत ढल्योः उपमहासचिव ज्ञवाली
असार १४, २०८१ शुक्रबार
पहिरोले सिँचाइ नहर बगाउँदा रोपाईँ प्रभावित
असार १४, २०८१ शुक्रबार
२७ जना महिला टोलीले भोलिदेखि गन्जला चुलीको आरोहण गर्दै
असार १४, २०८१ शुक्रबार
भारतले धौलीगंगा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह
असार १४, २०८१ शुक्रबार