प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिने कांग्रेसको निर्णय, गृहमन्त्री अराजक भएको ठहर
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार ११:२५:३३
७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसदको बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । हिजोको संसद बैठकमा गृहमन्त्री रवि लामिछाने हिंस्रक रुपमा प्रस्तुत भएको भन्दै कांग्रेसले त्यसप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकमा विश्वासको मत लिने भएपछि बिहान कांग्रेस संसदीय दलको बैठक बसेको थियो । सो बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले हिजोको संसद बैठकमा सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछाने असभ्य, कपोलकल्पित र हिंस्रक ढंगले प्रस्तुत भएको बताए । त्यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने उनले जानकारी दिए ।
कांग्रेसले लामिछाने सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने ‘बटमलाइन’ कायमै राखेको छ । बचत हिनामिना, ठगी भएको छ । ठगी गर्ने काममा माननीय गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रस्ट भएको छ, बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, आजको बैठकले सहकारीको ठगीको छानबिनमा संलग्न रवि लामिछाने र सम्बन्धितलाई कडा कारबाही गर्न संसदीय छानबिन समिति गठनको पूर्ववर्ती निर्णयमा दृढ छौँ ।
उनले आइतबारको प्रतिनिधिसभामा बैठकमा गृहमन्त्री असभ्य रूपमा प्रस्तुत भएको बैठकबाट निष्कर्ष निकालिएको जानकारी दिए । लेखकले गृहमन्त्रीले प्रश्न सोध्ने नभएर आफूमाथिका प्रश्नको जवाफ दिनुपर्ने बताए । आफूमाथि लागेको आरोपबाट भाग्ने प्रयास गर्नुभयो । असभ्य र हिंस्रक ढंगले प्रस्तुत गर्नुभएको छ, लेखकले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकमा उपस्थित हुन सत्ता पक्षका सांसदलाई ह्वीप, कुन समितिमा कतिवटा छन विचाराधीन विधेयक ?
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल
पुष १२, २०८१ शुक्रबार
बैठकमा उपस्थित हुन सत्ता पक्षका सांसदलाई ह्वीप, कुन समितिमा कतिवटा छन विचाराधीन विधेयक ?
पुष १२, २०८१ शुक्रबार