बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार १३:४४:१
७ जेठ, बारा । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालु आवको साउनदेखि वैशाखसम्मका १० महिनामा ट्राफिक नियम उलङ्घन गर्ने २८ हजार तीन सय सवारीसाधनलाई कारबाही गरी रु दुई करोड ४३ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको जानकारी दिए ।
त्यस अवधिमा सहरी सडकमा ८७ वटा, ग्रामीण सडकमा ८४ र राजमार्ग सडकमा २१ गरी एक सय ९२ सवारीसाधन दुर्घटना भएका थिए । महतोले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमसम्बन्धी प्रयोगात्मक अभ्याससहित चेतनामूलक कार्यक्रमसमेत संचालन गरिएको बताए ।
त्यसैगरी ट्राफिक नियम उलङ्घन गर्ने सवारीचालकलाई कारबाही, चालक र बटुवालाई ट्राफिक नियमबारे जानकारी, सडक छेउमा गरिने व्यापार गर्नेहरूलाई व्यवस्थापनालगायतका काम गर्न सरोकार भएका निकायसँग समन्वयको काम पनि भइरहेका पौडलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जको सुक्खाबन्दरगाहमा २० करोडले घट्यो राजस्व
मंसिर २, २०८१ आइतबार
वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार