संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
केदार भट्टराई (काका)
जेठ ७, २०८१ सोमबार १५:४:४
७ जेठ, काठमाडौं । सम्भवतः २०८१ सालको जेठ ७ गते नेपालको संसदीय इतिहासको कलंकित दिनका रुपमा स्थापित हुनेछ । यो दिनलाई सम्झँदा इतिहासले विपक्षीलाई मार्शल लगाएर विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र वेल घेराउमा उत्रिएको नेपाली कांग्रेसलाई पनि नबिर्सिएला । कारण खोजिएछ भने गृहमन्त्री रवि लामिछानेको नाम छुटे पनि सहकारी ठगीसम्बन्धी एउटा प्रकरण थियो भन्ने कुरा रहिरहनेछ ।
विश्वासको मतका सम्बन्धमा संविधानतः प्रधानमन्त्रीले कुनै पनि बेला प्रतिनिधिसभाको विश्वासको मत लिन सक्छन् भन्ने नै छ । तर पेलेर जाने नियतका सम्बन्धमा बोलेको छैन । कलंकित नहुने मनसाय थियो भने प्रधानमन्त्री प्रचण्डले संसदको अवरोध खुलाउने उपाए अपनाएर मात्र विश्वासको मत लिन सक्थे । प्रशस्त सम्भावना थियो । हतारिएर आजै विश्वासको मत नलिएको खण्डमा उनी तलमाथि पर्ने अवस्था थिएन । तर, उनले त्यो बाटो रोजेनन् ।
डेढ वर्षभित्र नपुग्दै चौथो पटक प्रतिनिधिसभामा विश्वास मत माग्दै प्रधानमन्त्रीले वेलमा नाराबाजी गर्दै गरेका नेपाली कांग्रेसका सांसदहरूलाई यो कदम निकै महँगो पर्ने चेतावनी दिए । उनको भनाइमा कांग्रेसले चुक्ता गर्नुपर्ने मूल्य ठूलै पनि हुनसक्छ । मूल्य चुकाउनुपर्ने विषय वा दिन इतिहासले देला वा जनताले दिन्छन् । प्रधानमन्त्रीले नबुझि नै बोलेको हुनुपर्छ । २०८१ जेठ ७ को यो घटना हुनुको कारण खोजेर जाने हो भने मूल्य चुकाउनु पर्ने भएकाे घटनाकाे सजाय जनताले दिनुपर्छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत लिन कांग्रेसले रोक्नुपर्ने कुनै कारण थिएन । केवल सहकारीका बचत कर्ताको रकम अपचलन गर्ने माथि कारवाही गरौँ । सहकारी ठगीमा संलग्न भएको भनेर नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्रीमाथि आरोप लाग्यो । उनीमाथि पनि छानबिन हुने गरी जनताका प्रतिनिधि भएको एउटा संसदीय समिति बनाएर छानविनमा जाउ र यसका लागि प्रधानमन्त्रीलाई समिति बनाउ भनेको हो । समिति नबनाएपछि यसरी संसद अवरोध गर्न चलन पुरानै हो । यसमा संसदभित्रका कुनै दल अछुतो छैनन् ।
यतिबेला लाखौँको संख्यामा सर्वसाधारण नेपाली सहकारीमा राखेको रकम ठगिएर अलपत्र छन् । उनीहरुको रकम अपचलन गर्ने माथि कारवाही गरेर सरकारले जसरी हुन्छ उनीहरुको रकम फिर्ता गर्न वातावरण मिलाउनुपर्ने हो । तर, उल्टै सहकारीका बचतकर्ताको करोडौंको रकम अपचलन गर्ने गृहमन्त्री रवि लामिछानेलाई बचाउन ती ठगिएका लाखौँ जनताको विपक्षमा उभिएर प्रधानमन्त्रीले विश्वासको मत लिए । इतिहासले सभामुखको भूमिका पनि सम्झन लायक नै मान्नेछ ।
प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिन लाग्दा संसद अवरुद्ध हुनु देशकै दुर्भाग्य हो । विपक्षले वेल घेराउ गर्दागर्दै मर्यादापालककाे घेरामा प्रधानमन्त्री रोस्ट्रममा पुगेर विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्नु र हतार हतार प्रस्ताव पारित भएको घोषणा हुनु पनि संसदीय लोकतन्त्रमा उचित र मर्यादित अभ्यास होइन । यस अर्थले नेपालको संसदीय इतिहासमा २०८१ साल जेठ ७ गते कलंकका रुपमा अंकित भयो । याे प्रधानमन्त्री प्रचण्ड माथि लागेपनि कांग्रेसमाथि लागे पनि कलंक लाग्यो लाग्यो ।
संसदीय छानबिन समितिको कार्यादेश तयार गर्न बनाइएको कार्यदलमा सहमति हुन नसकेपछि विपक्षले संसद् चल्न नदिने पनि थाहै थियो । यसबाट संसदीय मर्यादा भताभुङ्ग बनाउने अग्रसरता प्रधानमन्त्री दाहालले लिएको देखिन्छ । मर्यादा र व्यवस्था कायम राख्ने दायित्व विपक्षभन्दा बढी सरकारको हुन्छ । विपक्ष सहभागी नभएको विश्वासको मतले प्रधानमन्त्रीलाई सरकार चलाउने कानुनी वैधता त प्राप्त होला तर उनको सरकारको शासन गर्ने नैतिक वैधतामा भने प्रश्न रहिरहनेछ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार