प्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार १५:२७:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/Congress_Bipakchi-1716096184_hrtb8dbEaV_vPuJsUb1m7.jpg)
७ जेठ, काठमाडौं । प्रतिपक्षी दलहरूले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे मर्यादाहीन भएको आरोप लगाएका छन् । संसद बैठकपछि विपक्षी दलहरुले घिमिरे सभामुखको स्थापनमा बस्न योग्य नभएको निष्कर्ष निकालेका छन् । सहकारीको रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग सडकमा लैजाने उनीहरुले बताएका छन् ।
सोमबार अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो । बैठकले सभामुख देवराज घिमिरेले आफ्नो मर्यादा बिर्सिएको निष्कर्ष समेत निकालेको छ ।
सभामुख सभामुखजस्तो रहनुभएन । अमुक पार्टीको कार्यकर्ता जसरी प्रस्तुत हुनुभयो । हामीले उठाइरहेको विषयमा सदनमा मात्रै होइन । अब सडकका पनि पुर्याउँछौं,” बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भने । संसद्मा सत्ता पक्षमा बहुमतको दम्भ देखिएको विपक्षीदलको ठहर छ । साथै उनीहरुले सभामुखलाई पदीय मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्न आग्रह पनि गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार