प्रचण्डले फुर्ति देखाउनु पर्दैन, उनलाई जंगलबाट ल्याएर हामीले नै प्रधानमन्त्री बनाएका हौँः कांग्रेस
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार १५:४८:३८
७ जेठ, काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा बहुमतको दम्भ देखाएको ठहर गरेको छ । उसले सभामुखलाई पदीय मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको बताएको छ । जंगलबाट शान्ति प्रक्रिया हुँदै राजनीतिमा ल्याएर पटक पटक प्रधानमन्त्री बनाएको गुन प्रचण्डले बिर्सिएको कांग्रेसको भनाइ छ ।
प्रतिनिधिसभा बैठकपछि बसेको संसदीय दलको बैठकको निर्णय सुनाउँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीररुपले ध्यान आकृष्ट भएको बताए । आइतबार गृहमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र आज प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीररुपले आकृष्ट भएको छ । सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली कांग्रेसलाई धेरै सहयोग गरेको छु । आज नेपाली कांग्रेसले जे गर्याे । त्यसका लागि भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो । तपाईँहरूले हामीलाई भोटको राजनीतिमा आएपछि सहयोग गर्नु भएको हो । हामीले पनि गरेका हौँ, उनले भने ।
लेखकले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई जंगलबाट राजनीतिमा ल्याएको स्मरण गराए । ‘तपाईँलाई त जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो बिर्सिनु भयो । हतियारकै बलमा यो सत्ता परिवर्तन गर्छु भनेर हिँड्नु भएको तपाईँलाई शान्तिमा कसले ल्याएको हो ? कसको नेतृत्वमा आउनु भएको हो बिर्सिनु भयो ?, उनको प्रश्न छ ।
विश्वासको मत लिने क्रममा कांग्रेस सांसदहरुले वेल घेराउ गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । प्रधानमन्त्रीले आफूहरुले पटक पटक सहयोग गरेको बिर्सिएको बताएका थिए । माओवादीलाई कांग्रेसले शान्तिप्रक्रियामा ल्याएको बर्सिनुभयो भनेर प्रतिप्रश्न गरे ।
प्रधानमन्त्रीले चर्को मूल्य चुकाउनुपर्छ भनेको भन्दै उनले भने, ‘के मूल्य चुकाउनुपर्छ ? तपाईंहरु गैरजिम्मेवार भएर जाने, ७३ लाख सहकारी बचतकर्ताको रकमको सुनिश्चिचता छैन । त्यसमा संलग्न भएकाहरुमाथि कराबाही गर्ने योजना छैन । अनि नेपाली कांग्रेसविरुद्ध गैरजिम्मेवार ढंगले लाञ्छना लगाउने ? यस्तो बोल्न बन्द गरिदिनुस् ।’ विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो ।
लेखकले विपक्षीहरूले पटक पटक बोल्न माग गरे पनि सभामुखले समय नदिएको बताए । नेपालको संसदीय अभ्यासमा संसद् विपक्षको हुन्छ भन्ने स्थापित मान्यता रहेको भन्दै उनले भने, ‘तर आज सम्माननीय सभामुखले विपक्षी दललाई पनि बोल्न दिनुभएन ।’ सभामुखले विपक्षी दललाई बोल्न नदिनुको पछाडि सत्ता पक्षको बहुमतको दम्भ छ । निरंकुशताको मनोवृत्ति छ’ उनले अगाडि भने । प्रमुख सचेतक लेखकका अनुसार कांग्रेस संसदीय दलको बैठकले संसदीय मूल्य मान्यता विपरीत नजान सरकारलाई चेतावनी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
मंसिर ७, २०८१ शुक्रबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार