कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार १६:१२:३
![](https://nepalbahas.prixacdn.net/media/albums/toilet_vVrvyKmUeq_ygUVBLFYE2.jpeg)
७ जेठ, कैलाली । कोरियन नागरिक उ याङ छेदानको सहयोगमा कैलालीको टीकापुर– १ एकतापुरस्थित प्रगतिशील आधारभूत विद्यालयमा शौचालय निर्माण गरिएको छ ।
बालबालिकाका लागि शौचालयको समस्या देखेपछि टीकापुर अस्पतालमा कोइका (कोरियन सरकारको सहयोगमा) को कार्यक्रम व्यवस्थापक तथा आरसीआइका नेपालका प्रतिनिधि पार्क क्वाङ होले, छेदानको सहयोगमा शौचालय निर्माण गरिदिएका हुन् ।
विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा छात्राका लागि सुविधा सम्पन्न पाँच कोठे शौचालय निर्माण गरिएको छ भने पुरानो शौचालयसमेत मर्मत गरिएको छ । रु छ लाख लागतमा शौचालय निर्माण गरिएको विद्यालयले जनाएको छ ।
छेदानले शौचालय उद्घाटनसँगै विद्यालयमा बालबालिकालाई खेल गतिविधिका लागि दुई थान फुटबल, दुई थान भलिबल, स्पीकिङ, हावा भर्ने पम्पसमेत सहयोग गरेका छन् । कार्यक्रममा सामान सहयोग गर्दै पार्क क्वाङ हो ले चिटिक्क परेको शौचालय उपहार दिन पाउँदा खुसी लागेको बताए । उनले विद्यालय तथा बस्तीमा गरिबी देखेपछि यहाँका बालबालिकालाई सजिलो होस् भनेर सहयोग गरेको बताए ।
“यहाँ पढ्ने बालबालिका विपन्न समुदायका देखेँ, सधैँ यही बाटो साइकलमा हिँड्छु”, छेदानले भने, “विगतमा म पनि यस्तै विद्यालयमा पढेको थिएँ । यहाँको स्वास्थ्य र सरसफाइमा सहयोग पुगोस् भनी शौचालय बनाइदिएको हुँ ।”
कार्यक्रममा वडा नं १ का वडा सदस्य नरेश विकले विद्यालयलाई वडा कार्यालयबाटसमेत सहयोग हुँदै आएको बताउँदै आउँदा दिनमा पनि व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाए । “अव्यवस्थित बस्तीमा रहेको विद्यालय भएकाले पालिकाले सहयोग गर्न कठिनाइ हुने गरेको छ”, उनले भने, “मेरो व्यक्तिगत तर्फबाट भए पनि विद्यालयमा लगानी भित्र्याउने छु ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर नेपालीले कोरियन नागरिक भएर पनि ठूलो सहयोग गरेको बताउँदै विद्यालयको अवस्था दयनीय भएकाले सघाउन पालिकालाई अनुरोध गरे । उनका अनुसार विभिन्न दाताको सहयोगमा विद्यालयमा टिनका छानासहितका भवन निर्माण गरिएका छन् ।
बालविकास कक्षाका बालबालिका बस्ने ठाउँ जीर्ण रहेका भन्दै दिवा खाजा पकाउने भान्साको समेत समस्या रहेको प्रधानाध्यापक हृदयराज रेग्मीले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन
फागुन ४, २०८१ आइतबार
‘हाम्रो माया घर’ को निर्माणले गति लिँदै
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार