बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार १९:४१:०
७ जेठ, मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट जनमुखी, पारदर्शी र जनताप्रति उत्तरदायित्त्व हुने गरी बजेटको खाका तयार पारिएको बताएका छन् ।
प्रदेशसभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री थपलियाले सो कुरा बताए । सरकारले अब आफ्नै क्षमताअनुसार कृषि उत्पादन बढाउन जैविक मल कारखानाको स्थापना गर्ने र सिमान्तकृत चेपाङ, दलित, आदिवासी जनजातिलाई क्रमशः स्वास्थ्य उपचार, शिक्षा र आर्थिक आत्मनिर्भर बनाउने गरी बजेटमा समेटिएको उनले उल्लेख गरे ।
गत आव २०८०/८१ को बजेट निर्माणमा देखिएका कमजोरीलाई सच्याएर प्रदेशको सबै क्षेत्रमा भौतिक पूर्वाधार र बहुवर्षीय योजनालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने मन्त्री थपलियाको भनाइ छ । उनले आगामी वर्षको बजेटमा काठमाडौँ उपत्यकालगायतका जिल्लामा समस्याको रुपमा रहेको फोहरमैला व्यवस्थापनलाई गुरु योजना तयार गरी चरणबद्ध रुपमा व्यवस्थित ढङ्गबाट नष्ट गर्ने र प्रदूषणबाट प्रभावितलाई स्वास्थ्य उपचार, रोजगारीका अवसर दिलाउने लक्ष्य लिएको बताए ।
बैठकमा आगामी आवको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफलको क्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा तामाङले सङ्घीय सरकारदेखि प्रदेश सरकारसम्म सरकार हेरफेर भइरहँदा जनता हकअधिकारबाट वञ्चित हुनु परेकोमा दुःख व्यक्त गरे । उनले प्रदेश सरकारले दलगत स्वार्थ भन्दा माथि उठेर बहुवर्षीय योजना, भौतिक पूर्वाधारलाई बजेट विनियोजित गर्न र प्रदेशको विभिन्न जिल्लामा देखिएका वन्यजन्तुबाट आक्रमणमा परेका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायतका विषयमा जोड दिए ।
प्रतिपक्ष दल राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकारले आगामी आवको बजेट तर्जुमा गर्दा बहुवर्षीय योजना, भौतिक पूर्वाधारको विकासमा प्रत्यक्ष जनता लाभान्वित हुने योजनालाई कार्यान्वयन गर्न सैद्धान्तिक पक्ष राम्रो भएपनि बजेटले भौगोलिक अवस्थाको मूल्याङ्कन नगरी बजेट विनियोजित गर्दा ती योजनालाई कार्यान्वयन गर्न कठिनाइ भएको बताए । यस विषयमा पुनः सरकारले समीक्षा गरेर अघि बढ्नुपर्ने उनको सुझाव थियो ।
उक्त बैठकमा विधेयकको सैद्धान्तिक पक्षमा प्रदेश सभाका सदस्यहरू क्रमशः उर्मिला कुमारी तामाङ, कुमारी तामाङ, सृजना सैजू, गिरबहादुर तामाङ, जयराम थापा, सुना परियार, गीता गुरुङ, गीता काफ्ले, मीना पराजुली, मधुसुदनप्रसाद पौडेल, कृष्णप्रसाद सिलवाल, गोविन्दप्रसाद लम्साल, रामकृष्ण चित्रकार, सुरेन्द्रराज गोरसाईं र रत्न प्रसाद ढकाल लगायतले सुझाव दिएका थिए । उनीहरुले सरकारलाई सैद्धान्तिक पक्षमा मात्र नभई प्रदेशको सबै जिल्लाका जनताको चाहना र आवश्यकतालाई मध्यनजर गरी सम्मानजनक बजेट र योजना बाँडफाँट गर्न सुझाव दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
माडीका गाईमा ‘क्यू फिवर’ पुष्टि !
असोज १६, २०८१ बुधबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
बार र बेञ्चको विवादः कात्तिक १ गते कसरी समाधान निस्कन्छ ?
असोज २४, २०८१ बिहिबार
अब टविटर 'एक्स' प्रयोगकर्तालाई मस्कले पैसा दिने
असोज २४, २०८१ बिहिबार
माछापुच्छ्रे बैंकले ल्यायो ग्राहकहरूलाई नौलो अनुभव दिन एम–कार्ड सेवा
असोज २४, २०८१ बिहिबार
तानसेनमा बडादशैंको फुलपाती भित्र्याइयो ( फोटो फिचर )
असोज २४, २०८१ बिहिबार
गोरखामा २८ वर्षीया युवतीको हत्या
असोज २४, २०८१ बिहिबार
हनुमानढोका दरबारको दशैंघरमा भित्र्याइयो फूलपाती ( फोटो फिचर )
असोज २४, २०८१ बिहिबार