रवितर्फ लक्षित गर्दै झाँक्रीले भनिन् : गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ !
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार २०:२८:३०
७ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापामाथि लगाइएको आरोप प्रमाणको भार आरोप लगाउनेले नै पूरा गर्नुपर्ने बताएकी छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री थापाले देशको गोप्य सूचना विदेशीलाई बेचेको र कृषि अनुदान लिएर हिनामिना गरेको आरोप लगाएपछि झाँकीको यस्तो टिप्पणी आएको हो ।
झाँक्रीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आईकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो । गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ । हेक्का रहोस् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार