मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार २२:३:८
७ जेठ, कर्णाली । नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति परिवर्तन हुनुमा कर्णाली प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल राष्ट्र बैंक सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्थित बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायी, पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसँगको छलफल कार्यक्रममा गभर्नर अधिकारीले भेरी र कर्णाली कोरिडोर बनाउँदा अर्थतन्त्र चलायमान हुने बताए । उनले अब कर्णालीमा करिब रु एक अर्ब बजेट खर्च गर्न थालिएको बताए ।
गभर्नर अधिकारीले भने, “कर्णालीको भूगोल सबैभन्दा ठूलो छ । तर कर्जा सुविधा लिने एक जना मात्र भेटिए । हामीले प्रत्येक बैँकबाट पाँच जनालाई कर्जा दिने व्यवस्था गरेका छौँ ।” लघु वित्त संस्थामा ६० लाख सदस्य आबद्ध रहेको उल्लेख गर्दै उहाँले ती संस्थाले मुलुकको अर्थतन्त्र वृद्धि गर्न र महिला सशक्तीकरणमा ठूलो सहयोग पुगेको बताए ।
“कर्णालीमा वित्तीय साक्षरता आवश्यक छ । ऋण लिनेहरू कहिल्यै पीडित हुँदैनन् । ऋणीहरूलाई गुनासो राख्ने डेस्क बनाइएको छ”, गभर्नर अधिकारीले भने । उद्यमी, व्यवसायीलाई व्यापार व्यवसाय गर्न बाधा भए खबर गर्न सुझाउँदै उनले साना व्यवसायीलाई कर्जा दिन सहज व्यवस्था गरिएको उल्लेख गरे ।
प्रत्येक व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले सघाउन र उद्यमी तथा व्यवसायीलाई उत्पादनमा लाग्नुपर्नेमा जोड दिँदै गभर्नर अधिकारीले बैंकर्स र व्यवसायीबीचको सुमधुर सम्बन्ध हुनुपर्ने बताए । छलफलमा उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेल लगायतले व्यवसायी डुबेर पलायन हुने र आत्महत्या गर्नुपर्ने समस्या एवं चुनौती दिनानुदिन बढ्दै गएको भन्दै आर्थिक सुधारका लागि मौद्रिक नीति उद्योगी तथा व्यवसायी मैत्री ल्याउन राष्ट्र बैँकलाई अनुरोध गरे ।
उक्त छलफलमा सुर्खेत स्थित बैँकका प्रबन्धक, लघु वित्त तथा औद्योगिक ग्राम सञ्चालक, सरकारी निकायका प्रमुख, उद्यमी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमई बैंकको नयाँ एटीएम सञ्चालन
असार ४, २०८१ मंगलबार
वित्तीय समावेशीकरण नीति जारी
जेठ १८, २०८१ शुक्रबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
असार १०, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १०, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असार १०, २०८१ सोमबार
कोसी सरकारविरुद्धको रिटमा सुनुवाइ सकिएन, मंगलबार आदेश आउने सक्ने
असार १०, २०८१ सोमबार
संसदका कर्मचारीको भत्ता बढाइने, ७ बुँदे सहमति
असार १०, २०८१ सोमबार
काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड ६३ लाख
असार १०, २०८१ सोमबार
मौलापुरले प्रस्तुत गर्यो ३९ करोडको बजेट
असार १०, २०८१ सोमबार
नेपाली सेनाका नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
असार १०, २०८१ सोमबार
बालेन शाहलाई उपमेयर सुनिताको सुझाव, ‘पदको मर्यादा राखेर अभिव्यक्ति दिनू’
असार १०, २०८१ सोमबार