देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार २२:३७:२८
७ जेठ, काठमाडौं । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्नु अघि गृहमन्त्री रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेको खुलेको छ । शुक्रबार उपप्रधानमन्त्री लामिछानेले देउवालाई नक्सालस्थित होटल मेरियटमा भेटघाट गरेको खुलेको छ ।
भेटघाटको क्रममा संसदीय छानबिन समिति बनाउन आफू सहमत रहेको तर कार्यादेशमा नरम बनिदिन आग्रह गरेका थिए । समस्याग्रस्त सहकारीको बारेमा समिति बनाउनु पर्ने तर रवि लामिछाने र तीन वटा सहकारीको नाम मात्र राखेर छानबिन समिति बनाउन नहुने त्यसमा कांग्रेस नरम भइदिनुपर्यो लामिछानेको अनुरोध थियो ।
कांग्रेस सभापतिले लामिछानेको आग्रहलाई नमानेपछि आइतबार संसदमा सबैभन्दा बढी कांग्रेस लक्षित नेताहरूलाई निशाना बनाएका थिए । उनले महामन्त्री गगन थापालाई लक्षित गर्दै कृषि अनुदानको रकम हिनामिना गरेको देखि देशको सूचना बेच्ने एजेन्टसम्मको आरोप लगाएका थिए । ‘कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔँ । दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔँ, संसदबाट हटाऔँ । जतिसुकै शक्तिशाली होस, देशको मन्त्री होस वा पार्टीको महामन्त्री किन नहोस्,’ उनले थापा लक्षित भाषण गरेका थिए ।
त्यतिमा मात्रै रोएिका थिएनन् गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री थापालाई लक्षित गर्दै २०५५ सालमा स्ववियु सभापति हुँदा त्रिचन्द्र कलेजमा पार्क निर्माणमा भ्रष्टाचार भएको ३० लाखभन्दा माथिको बेरुजू महालेखा परीक्षकको प्रतिवेदनमै रहेको समाचार आएको, त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट बनाउँछु भनेर ५ लाख पेस्की लिएर वेबसाइट नबनाएको समाचार आएको, व्यावसायिक कृषि आयोजना प्याक्टबाट सुनखानी कृषि फार्मको नाममा १५ करोड लिएर नुवाकोटमा बाख्रा फारम र काठमाडौँको गोल्फूटारमा मासु पसल खोलेको र अनुदान लिएपछि बन्द गरेको समाचार आएको बताएर कांग्रेसलाई थप आक्रोसित पारेका थिए ।
यस्तै स्वास्थ्य मन्त्री भएका बेला १४ करोड लिएर प्राध्यापक राजकुमार रौनियारलाई बिपी स्वास्थ्य प्रतिष्ठानमा कुलपति बनाएको र उनलाई पैसा बुझाउनुपर्ने भन्दै मान्छेहरू हिँडेको कुरा समाचारमा आएको उल्लेख गरे ।उनले यसरी हेडलाइनमा आएका व्यक्तिलाई पनि संसदीय छानबिन गर्ने हो भने आफूबाट संसदीय छानबिन सुरु गर्न आग्रह गरे । त्यसै धनराज गुरुङमाथि रातो पासपोर्टको विषय उठान गरे भने रामहरि खतिवडा र जनमोर्चामा चित्रबहादुर केसीलाई समेत निशानमा पारेका थिए ।
उनीहरुले लामिछानेले सहकारी ठगी गरेर मिडिया चलाएको आरोप लगाएका थिए । साथै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेका थिए । देउवालाई भेटेर आएर उनले आफूलाई प्रधानमन्त्रीको अफर गरेको हो कि होइन भनी सदनबाटै स्पष्ट पार्न आग्रह गरेर देउवापत्नी आरजु राणा जोडिएर आएको टिकापुर जग्गा प्रकरणबारेको समाचार पनि उल्लेख गर्न भ्याएका थिए ।
आफ्नो पार्टी ‘डेमोक्रेटिक अलायन्स’ मा रहन चाहेको र डेमोक्रेटिक अलायन्समा साथमा रहेर काम गर्न चाहेको देउवालाई फकाउने कोसिस समेत गरेको स्रोतको दावी छ । त्यस्तै सहकारी प्रकरणमा आफूमाथि छानबिन हुने डर बढेसँगै उनले त्यसको कार्यादेश बनाउँदा खुकुलो बनाउन आग्रह गरेको भएपनि देउवाले विषयलाई ठाडै अस्वीकार गदिदिएका थिए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार