प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार ६:५२:४३
८ जेठ, काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुख घिमिरेले राष्ट्रपतिबाट संसदको दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्यासलमा मनोहराको बाढी पसेर ध्वस्त बनाए पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउने
असोज २४, २०८१ बिहिबार
आफ्नै मतदातालाई धोखा दिने गद्दार नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ :: प्रभु साह
असोज २४, २०८१ बिहिबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
उर्जामन्त्रीको विवादित होटल उद्घाटनमा प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म
असोज २४, २०८१ बिहिबार
बार र बेञ्चको विवादः कात्तिक १ गते कसरी समाधान निस्कन्छ ?
असोज २४, २०८१ बिहिबार
अब टविटर 'एक्स' प्रयोगकर्तालाई मस्कले पैसा दिने
असोज २४, २०८१ बिहिबार
माछापुच्छ्रे बैंकले ल्यायो ग्राहकहरूलाई नौलो अनुभव दिन एम–कार्ड सेवा
असोज २४, २०८१ बिहिबार
तानसेनमा बडादशैंको फुलपाती भित्र्याइयो ( फोटो फिचर )
असोज २४, २०८१ बिहिबार
गोरखामा २८ वर्षीया युवतीको हत्या
असोज २४, २०८१ बिहिबार
हनुमानढोका दरबारको दशैंघरमा भित्र्याइयो फूलपाती ( फोटो फिचर )
असोज २४, २०८१ बिहिबार