सहकारी मार्फत महिला व्यावसायिक बन्दै
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १२:६:२४
८ जेठ, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारीमा रहेको ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था मार्फत महिलाहरू व्यावसायिक बन्दै गएका छन् । सहकारीले पशुपालन र कृषिमा लगानी बृद्धि गरेपछि महिला व्यावसायिक बन्दै गएका हुन् ।
सहकारीले पशुपालनमा ८ करोड र कृषिमा ९ करोड सहित समग्रमा २६ करोडको लगानी गरेको छ । सहकारी मार्फत एकसय घरपरिवारले चार हजार बाख्रापालन, ५० घरपरिवारले ५ सय भैसीपालन र १० घरपरिवारले एकसय ५० वटा बंगुर पालन गर्दै आएका छन् । पशुपालन र कृषि पेशा गर्नेमा ९० प्रतिशत महिला आबद्ध छन् ।
लगानीको कुल हिस्सा मध्ये ९० प्रतिशत पशुपालन र कृषि क्षेत्रमा लगानी गरेको सहकारीका अध्यक्ष बोधनारयण रेग्मीले बताए । पशुपालन र कृषि तर्फको कुल लगानीमा १० प्रतिशत पुरुष र ९० प्रतिशत महिलाहरू व्यावसायिक बन्दै गएको अध्यक्ष रेग्मीले बताए । महिलाहरू व्यावसायिक बन्दै जाँदा पालिका दुध र मासुमा आत्मनिर्भर बन्दै गएको उनले दाबी गरे ।
उत्पादित दुध, मासु र तरकारीको स्थानीय बजारमै खपत हुने गरेको छ । ग्रामीण बजारमा खपत हुन नसक्ने वस्तुलाई छिमेकी पालिका पुतलीबजार, भीरकोट, वालिङ र पोखरामा लगेर बिक्री वितरण गरिएको छ । उत्पादनमा जोडिएका व्यावसायिक महिलाहरूको आर्थिक अवस्थामा समेत परिवर्तन आएको महिलाहरूको भनाई छ ।
महिलाहरुले बाख्रापालनबाट खसि बोकासँगै पाठापाठीको बिक्रीबाट राम्रो आम्दानी लिन सफल भएका छन् । मासुका लागि खसिबोका र नयाँ समूहमा आबद्ध सदस्यलाई पाठापाठी बिक्री गर्दै आएका छन् । भैसीपालनमा आबद्ध महिलाले त दिनमै १५ सयदेखि दुई हजारसम्म आम्दानी लिने गरेका छन् । बंगुर पालनमा आबद्ध महिलाहरू आम्दानीबाट प्रफुल्ल देखिन्छन् ।
सहकारीले म्यादी बिमा, पशु बिमा, उन्नत जातको बिउबिजन वितरण र पशु स्वास्थ्य कार्यकर्ता मार्फत पशु हेरचाहको सेवा प्रबाह गर्दै आएको छ । सहकारीमा दुईसय ५ समूहमा आबद्ध झण्डै ४५ सय सदस्यलाई सहकारी शिक्षा तथा वित्तिय साक्षरता प्रदन गरेको छ ।
सदस्यहरूको आर्थिक र सामाजिक स्तरमा बढ्वा दिन सहकारीकै लगानीमा म्यादी बिमा र पशु बिमा गरेको सहकारीका प्रबन्धक शालिग्राम काफ्लेले बताए । “मौसम तथा बेमौसमी तरकारी, फलफुल खेतीका लागि उन्नत जातको बिउबिजन दिने गरेका छौं ।” प्रबन्धक काफ्लेले भने, “पशु स्वास्थ्यको हेरचाह र उपचार पद्धतिमा सदस्यको क्षमता अभिबृद्धिमा ध्यान दिएका छौं ।”
संस्थाले भण्डै ३ करोडको लगानीमा १८ कोठे तीन तलाको व्यावसायिक भवन समेत बनाएको छ । भवनमा बहुउद्देश्यीय व्यापारिक प्रयोजन र कार्यालय संचालन गरिएको छ । सहकारीले पालिका ६ वटा वडा मध्ये ५ वटा वडामा प्रत्यक्ष सेवा प्रवाह गर्दै आएको सहकारीले जनाएको छ ।
महिलाहरू व्यावसायिक बन्दै जाँदा घरपरिवारमा हुने खर्च कटौती र बचतमा टेवा पुग्ने गरेको पुरुष सदस्यहरूको अनुभव छ । घरपरिवार बालबच्चामा हुने खर्चमा मितव्यायी हुने र फजुल खर्च नहुने भएपछि आम्दानीमा समेत बढोत्तरी आएको उनीहरुले बताए । पुरुषको तुलनामा महिलाबाट हुने आम्दानी टिकाउ भएको उनीहरुको भोगााई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार