कञ्चनपुरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण सुरु
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १२:१४:३२
८ जेठ, कञ्चनपुर । कञ्चनपुरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण सुरु गरिएको छ । महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयले पूर्वविद्यार्थीहरुको सहयोगमा विद्यालय परिसरमा राष्ट्रियस्तरको खेल मैदान बनाउन लागेको हो ।
खेल मैदानका लागि जग्गा रेखाङ्कन गरी माटो भर्ने काम भइरहेको वैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अच्युत कलौनीले जानकारी दिए ।
“अहिले पाँच/छ लाख लागतमा माटो भर्ने काम भइरहेको छ”, कलौनीले भन्नुभयो, “महेन्द्रनगरमा क्रिकेट खेलाडीका लागि मैदान अभाव भएकाले विद्यालय खेल मैदान बनाउन लागेको हो ।” उनले कञ्चनपुर क्षमतावान खेलाडी उत्पादन गर्ने ठाउँ भएकाले यहाँ खेल मैदानको आवश्यकता रहेको बताए । सुदूरपश्चिमलाई क्रिकेट खेलाडीको उर्वरभूमिको रुपमा लिइन्छ ।
दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोरालगायतका राष्ट्रिय खेलाडी कञ्चनपुरकै उत्पादन हुन् । तर खेलाडीलाई अभ्यास गर्नका लागि भने गतिलो खेलमैदान छैन ।
निर्माणाधीन खेल मैदानको स्थलगत निरीक्षण गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सरकारले राष्ट्रियस्तरको खेलमैदान बनाउन सहयोग गरे स्रोतसाधन र कर्मचारी व्यवस्थापनको जिम्मा क्रिकेट सङ्घले लिने बताए । “हामीले पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण गर्न सकेका छैनौँ”, अध्यक्ष चन्दले भने, “सरकारले पूर्वाधार निमार्णमा लगानी गरिदिए क्रिकेटको विकासमा टेवा पुग्छ ।”
उनले अहिले पनि नेपाली राष्ट्रिय क्रिकेट टिममा सुदूरपश्चिमकै खेलाडीको वर्चस्व रहेको बताउँदै ग्रासरुटमा क्रिकेट अभ्यासका संरचना बन्नुपर्ने बताए । “यहाँ खेल मैदान बन्न सक्यो भने हामी राष्ट्रियस्तरका प्रतियोगिता यहाँ खेलाउन सक्छौँ”, उनले भने, “खेल संरचना निर्माणमा राज्यको लगानी हुन जरुरी छ ।”
क्रिकेट खेलका लागि पूर्वाधार निर्माणमा राज्यको ध्यान जान नसकेको स्थानीय विसनदत्त जोशीले बताए । “राज्यको ध्यान खेलकुदको विकासमा गएको देखिंदैन”, उनले भने, “आगामी वर्षको बजेटमा खेलकुदलाई पनि प्राथमिकतामा राखेर सरकारले खेलपूर्वाधार निमार्णमा जोड दिनुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु तथा कुहिरो, यातायात तथा हवाई यात्रामा सतर्कता अपनाउन आग्रह
मंसिर २८, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २८, २०८१ शुक्रबार
एनपीएलमा आज लुम्बिनी र कर्णाली तथा काठमाडौं र विराटनगर भिड्दै
मंसिर २८, २०८१ शुक्रबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार