बीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १२:१७:४५
८ जेठ, स्याङ्जा । विद्युत नियमन आयोगले बीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि बीपीसीका उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा लागेका छन् । बुटवल पावर कम्पनी आँधीखोला वितरण केन्द्रको विद्युत महशुलमा भारी बृद्धि भएपछि उपभोक्ताहरू आन्दोलित भएका हुन् । स्याङ्जा र पाल्पाका ६ पालिकामा बीपीसीले विद्युत सेवा दिदै आएको छ । सोही अनुसार प्रभावित ६ पालिकाका ७ राजनीतिक दलका प्रमुख, उपभोक्ता, चेम्बर अफ कमर्श, पत्रकार सहितको संयुक्त भेलाले विद्युत महसुल खारेज नगरेसम्म चरणबद्ध आन्दोलनमा लाग्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस गल्याङ नगर समितिका सभापति श्यामप्रसाद बस्यालको अध्यक्षतामा बसेको संयुक्त बैठकले शुल्क बृद्धिको निर्णय तत्काल खारेजीको माग गर्दै तत्काल बीपीसीलाई मिटर रिडिङ नगर्न समेत रोक लगाउने निर्णय गरेका छन् । हरेक पालिकामा रहेका वीपीसीका सेवाकेन्द्रहरुमा धर्ना कार्यक्रम सहित विद्युत नियमन आयोगमा समेत मुल्य बृद्धिको सिफारीसलाई पुनरावलोकन गर्न उजुरी दिने निर्णय गरिएको बताइएको छ । बृद्धि महशुल खारेजी रहुन्जेलसम्म उपभोक्ताको घरमा पुगेर मिटर रिडिङ नगर्न समेत चेतावनी दिइएको छ ।
सबै प्रदेश र संघिय सांसद, ६ ओटै पालिकाका प्रमुखहरूलाई महसुल बृद्धिको विषयमा गम्भीर भएर लाग्न आग्रह गर्दै जिल्लातहमा रहेका पार्टी नेतृत्वलाई समेत आन्दोलनमा सरिक हुन आव्हान गर्ने निर्णय भएको नेकपा एमालेका वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए । विद्युत नियमन आयोगले पदाधिकारी विहीन हुने बेलामा गरेको निर्णय आर्थिक चलखेलका आधारमा हुन सक्ने शंका समेत भेलाले गरेको पौडेलले बताए ।
कतिपय सहभागीहरूले भने केही पालिका प्रमुखहरु पनि मौन रहनुलाई आर्थिक चलखेलमा जोडिएको हुन सक्ने शंका व्यक्त गरेका छन् । जनताका मुद्धामा एकीकृत हुन नसकेको भन्दै भेलाले चिन्ता प्रकट गरेको उनीहरुले बताएका छन् । भेलामा नेपाली कांग्रेस वालिङ नगर समिति सभापति नेत्रप्रसाद पाण्डे, भीरकोट नगर समिति उपसभापति जगदिश कोइराला, रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, रम्भाका प्रतिनिधि सुमन पछाई, नेकपा एमाले गल्याङ नगर कमिटी अध्यक्ष दानबहादुर थापा, वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द जिल्ला समन्वय समिति सदस्य अर्जुन श्रेष्ठ, वालिङका सचिव भक्त गोतामे, रम्भा गाउँकमिटी अध्यक्ष विनोद अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समिति सभापति टिकाराम भण्डारी, वालिङ नगर सभापति सुरेन्द्र काफ्ले, रामपुर नगर सभापति अर्जुन श्रेष्ठ, नेकपा समाजवादी केन्द्रीय परिषद सदस्य जगदिश गैह्रे, राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैह्रे, पत्रकार महासंघ स्याङ्जाका सभापति श्रीकृष्ण सिग्देल लगायतको उपस्थिति रहेको थियो । गल्याङ् चेम्वर अफ कमर्शले दैनिक १ घण्टा बीपीसी गल्याङ्मा धर्ना दिएर आन्दोलन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार