भक्तपुरको बेखालमा भव्य टेबुल टेनिस कभर्ड हल निर्माण
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १४:११:३३
८ जेठ, भक्तपुर । भक्तपुरको बेखालमा राष्ट्रिय प्रतियोगिता आयोजना मिल्ने क्षमताको भव्य टेबुल टेनिस कभर्ड हल निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिका वडा नं १० बेखाल (नगरकोट जाने सडक खण्ड) मा एक सय ५० दर्शक अट्नसक्ने भव्य कभर्ड हल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।
कभर्ड हल साढे तीन तल्लाको छ । कभर्ड हल पार्किङसहितको भव्य छ । झण्डै तीन करोड ४४ लाख बराबरको खर्चमा भक्तपुर नगरपालिकाले कभर्ड हल निर्माण गरेको हो । कभर्ड हल त्यहाँको तीन हजार सात सय दुई वर्ग फिटको पर्ती (सार्वजनिक) जग्गामा बनाइएको हो ।
झण्डै तीन वर्ष भन्दा लामो समयदेखि भवन बन्न सकेको हो । कभर्ड हल निर्माणको सुरुवात २०७७ साल पुस २० गतेबाट सुरु भएको थियो । भव्य कभर्ड हलको संघीय सांसद् प्रेम सुवालले उद्घाटन गरेका थिए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा हाल कमलविनायक, लिवाली र बेखालमा गरी तीन वटा कभर्ड हल संचालनमा आएका छन् ।
तेस्रो र भव्य कभर्ड हलको रुपमा पछिल्लो बेखालको कभर्ड हल रहेको उनले जनाए । नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिँदै आएको भन्दै उनले यही कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गर्न सफल भएको बताए । खेलाडीको मनोबल बढाउन हरेक वर्ष खेलाडी तथा प्रशिक्षकहरु सम्मान गर्दै आएको पनि उनले स्मरण गरे ।
भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले निर्वाचन घोषणापत्र अनुसार खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै कार्य गरिरहेको बताइन् । उनले नगरपालिकाले विश्व अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूबीच नियमित रुपमा खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिरहेको पनि सम्झिन् ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभाका सांसद सृजना सैंजु, राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ प्रशिक्षक राजेन्द्र कपाली, अखिल नेपाल टेबुलटेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य, भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण राय, वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईलगायतले नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको चर्चा गरे । सरकार र खेलकुद परिषदले गर्नुपर्ने कामलाई नगरपालिकाले अगाडि बढाइरहेको चर्चा पनि उनीहरुले गरे । हाल कभर्ड हललाई राष्ट्रिय प्रशिक्षण केन्द्रको रुपमा विकास गर्न सकिने उनीहरुले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार