गृहमन्त्रीले यथाशिघ्र संसदीय छानबिन समिति बनाएर देउवा र थापामाथिका आरोप प्रमाणित गरुनः कांग्रेस
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १४:२१:९
८ जेठ, काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाविरुद्ध लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएको छ । कांग्रेसले उनीहरूमाथि लागेको आरोप प्रमाणित गर्न संसदीय छानबिन समिति बनाउनु परे त्यसको टीओआरमा देउवा र गगनको नाम किटान गरेर बनाउन र दोषी प्रमाणित गर्न चुनौती दिएको हो ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेले आइतबार आफ्ना पार्टी सभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्नुपर्ने बताए । सभामुख देवराज घिमिरेसँग समय लिएर पाण्डेले गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा बर्बराएको टिप्पणी गर्दै कांग्रेस नेतामाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिए ।
पाण्डेले आफ्ना सभापति र महामन्त्रीमाथि लगाएको आरोपको छानबिन गर्न पनि गृहमन्त्रीलाई चुनौती दिँदै भने, ‘हाम्रो पार्टीका सभापति र महामन्त्रीमाथि जसरी उहाँले लाञ्छना लाउनुभएको छ । म चुनौती दिन चाहन्छु– के कस्तो खालको टीओआर बनाउनुपर्ने हो बनाउनुहोस् । हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै टीओआरमा लेख्नुपर्ने हो कि, व्यक्तिको लेख्नुपर्ने हो कि, नेपाली कांग्रेस पार्टीको लेख्नुपर्ने हो लेख्नुस् । संसदीय छानविन समिति बनाएर छानबिनको समय पनि तोक्नुहोस् ।’
छानबिनपछि आउने निष्कर्ष स्वीकार गर्न आफूहरू तयार रहेको उनले बताए । गृहमन्त्रीले लगाएका आरोपहरूमाथि छानबिनका लागि सांसद पाण्डेले सभामुखसमक्ष रुलिङको माग समेत गरेका छन् । गृहमन्त्रीले लगाएका आरोपहरू यदि सत्य हुन् भने प्रमाणित गरेर देखाउनलाई सभामुख ज्यूको रुलिङ चाहियो । नभए संसदको रेकर्डबाट रविले बोलेका कुरा हटाउनुपर्ने उनले माग गरे ।
नेता पाण्डेले भने, ‘‘हाम्रो उपसभापति र महामन्त्री दोषी हुनुभयो भने उपसभापति र महामन्त्री त के कांग्रेसका को कोलाई कारबाही गर्नुपर्छ गर्नुहोस् ।’ गृहमन्त्रीले राष्ट्रको सूचना बेच्ने व्यक्ति संसदमै छन् भनेको भन्दै पाण्डेले त्यो व्यक्ति देखाउन चुनौती दिए । ‘राष्ट्रिय सूचनाहरू बेच्ने एजेन्टहरू यही सदनमा छन् भन्नुभएको छ । गृहमन्त्री ज्यू को हो त्यो एजेन्ट देखाउनुहोस् । उसलाई यो सदनबाट गलहत्याउने तपाईंको साथमा हामी लाग्छौं । तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने माननीय गृहमन्त्री ज्यू तपाईंलाई यो सदनबाट गलहत्याउन नपराेस्, त्यो कामबाट पनि हामी चुक्ने छैनौं’, कांग्रेस सांसद पाण्डेले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार