चरम गरिबीको उदाहरण थली घटनाः सेतोपुलबाटै आत्महत्या गर्न छुट्टिएका बाबु मरे, छोरा घाइते
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १५:८:१७
८ जेठ, काठमाडौं । चलाइरहेको ट्क्यासी बिग्रीएपछि बनाउने मिस्त्री खोज्न हिँडेका बाबु र छोराले बाटोमै आत्महत्य गर्ने योजना बनाएर विदा भएका थिए । तर, बाबु मृत भेटिएको र छोरालाई आत्महत्या गर्ने क्रममा प्रहरीले उद्धार गरेको थिए । काठमाडौंको कागेश्वरी नगरपालिका– ५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीको छोराले पनि आत्महत्या प्रयास गरेको प्रहरीले बताएको छ । भक्तपुर नगरपालिका–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, प्रारम्भिक अनुसन्धान र उनको छोराछोरीसँग सोधपुछका क्रममा उनले ब्लेडले घाँटीमा काटेर आत्महत्या गरेको हुनसक्ने देखिएको छ । थलीमा मृत भेटिएका भक्तपुर, छालिङका कृष्ण नगरकोटी चरम गरिबीका कारण विक्षिप्त अवस्थामा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कृष्णको शव कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५ मुलपानी–साँखु सडक खण्डअन्तर्गत थलीको उकालामा मंगलबार बिहान फेला परेको थियो । सडकमुनि निर्माणाधीन पर्खालनजिकै धारिलो हतियारले घाँटी काटिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकका छोरा रिचेन दक्षिणकाली नगरपालिकको चाल्नाखेलमा घाइते अवस्थामा फेला परेका थिए ।
छोरा २१ वर्षीय रिचेन नगरकोटीले आत्महत्या गर्न खोजिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । छोरी २९ वर्षीया रश्मी नगरकोटीलाई भने प्रहरीले सेतोपुलबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कृष्णको छोराछोरी नै मानसिक अवस्था ठीक नभएको पाइएको छ । उनको साथमा रहेको ड्राइभिङ लाइसेन्सबाट नगरकोटीको पहिचान खुलेको थियो ।
नगरकोटीका छोरालाई हिजो साँझ ५ बजे दक्षिणकालीको चाल्नाखेलबाट आत्महत्या प्रयास गर्दा गर्दै उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । थलीमा बुबा कृष्ण आज बिहान मृत फेला परेका थिए । कृष्ण १५ वर्ष अघिदेखि आफैँ ट्याक्सी चलाउँदै आएका थिए । तीनैजना ३ महिनादेखि घर नगई ट्याक्सीमा नै खाने–बस्ने गर्दै आइरहेको बताइएको छ ।
कृष्णकी श्रीमतीले ८ वर्षअघि नै दोस्रो बिवाह गरेको पाइएको छ । उनको श्रीमतीले छाडेर गएदेखि छोरी रश्मि र छोरा रिचेन काठमाडौंको रबि भवन, गणेशथानमा कोठा डेरा लिई बस्दै आएका थिए । कोठा भाडा तिर्न नसकेपछि ३ महिनादेखि छोरा छोरी समेत ट्याक्सीमै बस्दै आएको अनुसन्धानबाट खुलेको छ ।
छोरा रिचेनको बयान अनुसार पारिवारीक अवस्था, गरिबी लगायतले जिन्दगीवाट दिक्क लागि छोरा समेतलाई आत्महत्याको लागि मुखमा कपडा राखी ब्लेडले घाटी काटने तरिका सिकाएर २ वटा ब्लेड र १२५ रुपैयाँ गाडी भाडा समेत दिई दक्षिणकाली नगरपालिका १ जंगलमा गई आत्महत्या गर्नु म पनि कुनै स्थानमा गै आत्महत्या गर्छु भन्ने खुलाएको छ ।
छोरा रिचेनको घाटी बाँया पट्टीवाट झण्डै ७÷८ सेमी लामो ब्लेडले काटिएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । कृष्णको दाहिने हातको बुढीऔला र चोर औलामा ब्लेडले काटेको पाइएको छ । घटना स्थलमा कृष्ण नगरकोटीको लास नजिक ४ वटा जिलेट ब्लेड र घाइते रिचेज नगरकोटीको साथवाट २ वटा जिलेट ब्लेड फेला परेको थियो ।
प्रहरीका अनुसार, आर्थिक अभाव र गरिबीका कारण उनले छोरालाई समेत आत्महत्याको मुख पुर्याएको हुनसक्ने देखिएको छ । कृष्णका छोरा रिचेनले प्रहरीसँग गरेको दाबीअनुसार, कृष्णले कालो कपडाले अनुहार छोपेर ‘भोग दिन प्रभुले भनेको’ बताउने गरेका थिए । कालो टिसर्टले अनुहार छोपेको अवस्थामा र घाँटी रेटेको अवस्थामा कृष्ण मृत फेला परेका थिए । थप अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार