बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १५:१८:४२
८ जेठ, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरीबतासले विद्युत् सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख इञ्जिनीयर जगन्नाथ लामिछानेले त्यस क्षेत्रमा एक सय ५० भन्दा बढी पोल र चार ट्रान्सफर्मर क्षतिग्रस्त भएपछि विद्युत् सेवा प्रभावित भएको जानकारी दिए । उनले कतिपय ठाउँमा पोल गाडेर विद्युत् आपूर्ति गरिए पनि ग्रामीण क्षेत्रमा भने अझै समस्या रहेको बताए ।
लामिछानेका अनुसार खजुरा गाउँपालिकामा ७०, नेपालगन्जमा ४०, जानकी गाउँपालिकामा १५ र राप्तीसोनारीमा करिब २० पोल भाँचिएका छन् । त्यसबाट रु ५० लाख बराबरको क्षति भएको र विस्तृत विवरण संकलनको काम भइरहेको छ ।
हुरीबतासले जानकी–४ मा कच्ची घर भत्केर च्यापिँदा गर्भवती २२ वर्षीया फारुन शाही र ८५ वर्षीया खटिमा शाही घाइते भएका थिए । यस्तै नेपालगन्ज–१२ निवासी ७१ वर्षीय अम्मरबहादुर खड्का र त्यसबाहेक डुडुवा तथा बुलबुलियामा रूखको हाँगा लागेर दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिकामा पनि हुरीबतासले ६० भन्दा बढी घरमा क्षति पु¥याएको छ । यहाँ १५ घरमा पूर्ण, २० घरमा आंशिक र २५ घरमा सामान्य क्षति भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए । हुरीबतासले स्थानीय किसानका लिची, आँप र तरकारीलगायत खेतीमा ठूलो नोक्सानी भएको स्थानीय प्रशासनले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार