सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १७:५३:२
८ जेठ, काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई नियन्त्रणमा लिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको टोली पुगेको छ । प्रहरीले अहिले उनलाई समाउन प्रक्रिया पुर्याइरहेको छ । सिरोहियाला पक्राउ गरी प्रहरीले धनुषा लाने जनाएकोे छ । कानुन व्यवसायी पनि सिरोहासँगै जाने बताइएको छ ।
अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी कान्तिपुरको कार्यालयमा पुगेको हो । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो ।
सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो । यता, जिल्ला अदालत, धनुषाबाट जारी भएको पक्राउ पूर्जीविरुद्ध सिरोहिया सर्वोच्च अदालत पुगेका थिए । आफूलाई पक्राउ अनुमति दिने जिल्ला अदालत धनुषाको अनुमति खारेज हुनुपर्ने माग राख्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।
उनले निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतलाई विपक्षी बनाएका छन् । रिट निवेदन लिएर उनी आफैं सर्वोच्च अदालत पुगेका थिए । रिट निवेदन अदालतमा पेश भएपछि दर्ता भइसकेको छैन ।
सिरोहिया गत २५ वैशाखमा आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए । अन्तरिम आदेशको छलफलका लागि अदालतले दुवै पक्षलाई झिकाएपछि निवेदनमाथि सुनुवाइ हुन सकेको छैन ।
सिरोहियाको नागरिकतामा कैफियत रहेको भन्दै प्रहरीले उनीमाथि छानविन अघि बढाएको छ । त्यसक्रममा मंगलबार जिल्ला अदालतबाट पक्राउ अनुमतिपत्र पनि लिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार