लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार ८:२२:२०
९ जेठ, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैँकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले मङ्गलबार संयुक्त रूपमा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य आयोजनाको शुभारम्भ गरे ।
त्रिवर्षीय यो आयोजनाले कोशी र लुम्बिनी प्रदेशका छवटा नगरपालिकामा कानुनी सहायता, मनोसामाजिक परामर्श र चिकित्सा सहायता जस्ता लैङ्गिक हिंसाविरुद्धको बहुक्षेत्रीय प्रतिकार्य सेवाहरूमा महिला तथा बालिकाको पहुँच बढाउन मद्दत गर्नेछ लैङ्गिक हिंसापीडित करिब ४९ हजार महिला तथा बालिकालाई गुणस्तरीय सेवामा सहज पहुँचमार्फत लाभान्वित गराउने आयोजनाको लक्ष्य रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
“लैङ्गिक हिंसाको सम्बोधनलाई नेपाल सरकारले प्राथमिकतामा राखेको छ । नगर, प्रदेश र सङ्घीय तहमा लैङ्गिक हिंसाविरुद्धका प्रतिकार्य संयन्त्रहरूलाई आबद्ध गर्ने कार्यमूलक समन्वय प्रणाली स्थापनाका लागि यस आयोजनाले सहयोग गर्नेछ”, मन्त्री चौधरीले भनिन् ।
आयोजनाका लागि लागि स्टेट एण्ड पिसबिल्डिङ ट्रस्ट फण्ड (राज्य तथा शान्ति निर्माण कोष)ले ४६ लाख अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराएको छ । आयोजनाको कार्यान्वयन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गर्नेछ ।
आयोजनाले संस्थागत संरचना र क्षमता सुदृढ गर्नुका साथै सेवाको पहुँच र गुणस्तर सुधारमा ध्यान केन्द्रित गरी लैङ्गिक हिंसाविरुद्धका नवीनतम् उपयाहरूसम्बन्धी नमूना कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
“यो आयोजनाले विशेषगरी अतिदुर्गम र पुग्न कठिन क्षेत्रमा लैङ्गिक हिंसाविरुद्धका सेवाहरूमा तत्काल पहुँच प्राप्त गर्न, हिंसाको उजुरी गर्न र यसका लागि सहयोग माग्न महिला तथा बालिकालाई सशक्तीकरण गर्नेछ । नेपालको हरित, उत्थानशील र समावेशी विकासमा टेवा पुर्याउन यो ज्यादै महत्त्वपूर्ण छ”, विश्व बैँकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार