आईपीएलको इलिमिनेटरमा आज राजस्थान र रोयल च्यालेन्जर्स खेल्दै
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १२:२:१६
९ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज इलिमिनेटरको खेल हुँदै छ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्सबीच खेल हुँदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५ बजेदेखि शुरु हुँदै छ ।
बैंगलुरुले समूह चरणमा आफ्ना पछिल्ला ६ खेल लगातार जितेर प्लेअफमा पुगेको हो । बैंगलुरुको १४ खेलमा ७ जित र ७ हारसहित १४ अंक हासिल गर्दै चौथो स्थानमा रहेको थियो ।
त्यसैगरी राजस्थान रोयल्स भने तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । राजस्थानले समूह चरणमा १४ मध्ये ८ खेल जितेको थियो भने ५ खेलमा हार र एक खेल वर्षाले रद्द भएको थियो ।
बैंगलुरुका लागि विराट कोहलीले यस सिजनमा शानदार ब्याटिङ गरिरहेका छन् । उनले अहिलेसम्म ७०८ रन बनाएका छन् । त्यस्तै कप्तान फाफ डुप्लेसिस र रजत पाडीदारले पनि शानदार ब्याटिङ गरिरहेका छन् । फाफले अहिलेसम्म ४२१ र रजतले ३६१ रन बनाएका छन् । त्यस्तै बैंगलुरुका लागि यश दयालले सर्वाधिक १५ विकेट लिएका छन् भने मोहमद सिराजले १३ विकेट लिएका छन् ।
त्यस्तै राजस्थानका लागि यस खेलमा ओपनर जोस बटलर खेल्ने छैनन् । उनी विश्वकपको तयारीका लागि इङल्याण्ड फर्किसकेका छन् । त्यस्तै राजस्थानका लागि रियान परागले यस सिजनमा शानदार ब्याटिङ गरेका छन् । उनले अहिलेसम्म ५३१ रन बनाएका छन् भने कप्तान सन्जु सामसनले ५०४ रन बनाएका छन् ।
त्यस्तै राजस्थानका लागि युजवेन्द्र चहलले सर्वाधिक १७ विकेट लिएका छन् भने आभेश खानले १३ विकेट लिएका छन् । आईपीएलमा बैंगलुरुले अहिलेसम्म उपाधि जित्न सकेको छैन । बैंगलुरु अहिलेसम्म २००९, २०११ र २०१६ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो ।
त्यस्तै राजस्थानले भने आईपीएलको पहिलो सिजनमै उपाधि जिते पनि त्यसपछि भने उपाधि जित्न सकेको छैन । राजस्थान २०२२ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो ।
आज दुवै टिमका लागि यस सिजनको उपाधि जित्ने बाटो तय गर्ने अवसर रहेको छ । आज जित्ने टिमले दोस्रो क्वालिफायरमा सनराइजर्ससँग खेल्ने छ भने पराजित हुने टिम आईपीएलबाट बाहिरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार