डिभी परेर अमेरिका जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् सपना पुरा
सानुबाबु सिलवाल
जेठ ९, २०८१ बुधबार १३:४५:४४
९ जेठ, काठमाडौं । तपाई हामी सबैका आ-आफ्नै सपना हुन्छन्, तर ती सपना हरेक व्यक्ति अनुसार फरक हुन सक्छ । मान्छेका हजारौं सपना हुन्छन् । तीमध्ये एक हो – अमेरिकी सपना ! नेपालीलाई अमेरिका जान पाए अरु के चाहिन्थ्यो र ? स्वर्ग पुगेजस्तो !!
नेपाली मात्रै होइन, संसारका लागि अमेरिका एक सपनाको देश हो । भौतिक र आर्थिक उन्नतीमा मात्र माथि छैन, विज्ञान, व्यवस्थापन र अरु विविध विधामा पनि अमेरिका अग्रस्थानमा छ । विश्व शक्ति राष्ट्र पनि हो, अमेरिका । अमेरिकालाई दुस्मन ठान्नेदेखि प्रतिस्पर्धामा उत्रिएका विश्वका मुलुकहरूले अमेरिकाको अर्थतन्त्र र विकासलाई पछ्याइरहेका छन् । ती देशका नागरिकका लागि पनि अमेरिका सपनाको देश मानिन्छ ।
अमेरिका जान पाउनु एउटा सफलता मानिन्छ । त्यहाँ गएपछि काम र दाम दुवै हुन्छ । नाम पनि हुन्छ, अनि जीवन पनि सुरक्षित हुन्छ । त्यसैले अमेरिकी सपना बग्रेल्ती छ । तपाई हामीले देखेका र सुन्दै आएका पनि छौ, आफ्ना छोराछोरी वा आफन्त अमेरिकामा छन् भनेर सुनाउन पाउँदा समेत गर्व गर्छन् मान्छे । समाजको व्यवहार पनि अचम्मको । यहीँ केही गर्छु भनेर ऋण खोज्दा कसैले दिँदैनन् । पत्याउँदैनन् । तर, अमेरिका जान लागेको थाहा पाउनुपर्छ, पैसा मात्रै होइन छोरी नै दिन तँछाडमछाड हुन्छन् ।
अमेरिका प्रायः सबैको ‘ड्रिम’ गन्तव्य हो । लाखौं नेपालीको अमेरिका जाने सपना असरल्ल छ । त्यसमा पनि खास गरेर नयाँ पुस्ताको अमेरिका मोह अति उच्च छ । चर्को ब्याजमा ५०/६० लाख ऋण खोज्यो । हिँड्यो सपनाको देश अमेरिका ! तर अमेरिका गएपछि कसरी जीवन सुरु गर्ने, कहाँबाट गर्ने लगायतका कुरा अमेरिका जानुअघि सबैले थाहा पाउनै पर्छ ।
अमेरिका स्थायी बसाइका लागि अमेरिका ओर्लेपछि कहाँबाट शुरु गर्ने जीवन ? कहाँबाट शुरु हुन्छ अमेरिकामा सेटलमेन्ट? कहाँबाट शुरु गर्दा ड्रिम पुरा होला त ? कुन बाटोबाट जाँदा अमेरिकी सपना पुरा हुनसक्ला त ?
तपाई बर्बाद हुने कि सफल हुने अमेरिका छिरेका दिन वा अमेरिका ओर्लेपछि, तपाईँसँग दुई वटा च्वाइस छ। सायद बिग्रिन, भत्किन, बर्बाद हुन, असफल हुन, सड्न, मानसिक एवं आर्थिक रुपमा विकलाङ्ग क्षतविक्षत हुन तपाई चाहनु हुन्न। यस्तो शत्रुलाई पनि नपरोस् भन्ने नेपाली उखानमा भने जस्तै खासमा कसैलाई पनि यस्तो विपत्ति नपरोस् । अमेरिका छिर्दाको ताजा, भरिलो, रसिलो सपना गुमाउनेहरू प्रशस्त छन अमेरिकामा। बर्बाद हुने, बर्बाद बनाइने र स्वास्थ्य एवं अन्य विविध कारणले बर्बाद भएका व्यक्ति एवं नेपाली फेमिलीहरुको बिगत र वर्तमान राम्रो छैन।
त्यसैले मैले यहाँ केही बुँदा लेखिदिएको छु । जसबाट नयाँ आउँदै गरेका, आइसकेका र आउनका लागि खुट्टा उचालिरहेका सबैका लागि यसले एउटा राम्रो जानकारी हुनसकोस् भन्ने मैले सधैं चाहेको हुन्छु। सानुबाबु सिलवालको चाहना अमेरिकामा सबै नेपाली परस्पर सम्बृद्धि, समुन्नत र पहिचान कमाउन सक्ने अवस्थामा पुगुन भन्ने हो ।
संगत राम्रोसँग गर्नुहोला, सबैभन्दा पहिला । खराब संगत, मुखाले संगत, लुटाहा संगत, कपटी संगत, शोषण गर्ने संगत र मान्छे भएर मान्छेको व्यवहार नगर्ने संगतको फेला पर्नु भयो भने आएकै दिनदेखि तपाईँको जीवन अमेरिकामा कुहिन थाल्यो भनेर जान्नु। ठूला ठूला कुरा गर्ने, आफ्नो औकात भन्दा माथि कुरा गर्ने, आफ्नो हैसियत र सपना बाँड्ने र अरूलाई भ्रममा पार्ने एवं अरूको कुरा काटेर जीवन गुजार्ने र अरूलाई नराम्रो देख्ने व्यक्ति एवं परिवारसँग हुनुहुन्छ भने भोलि बिहानै छोडिदिनु यस्तो संगत ।
कहाँबाट शुरु गर्ने अमेरिकामा जीवन ?
१) कागज नुहुनेले पहिले सोसियल सेक्युरिटी र वर्कपर्मिट हाता पार्ने काम गर्नुहोस् ।
२) सस्तो, एफोर्डेबल ठाउँ खोज्नुहोस् बस्नेका लागि।
३) महंगा शहरमा अलिकति ज्याला, तनखा बढी होला तर खर्च र सेभिङ हेर्नुभयो भने महंगा शहर र राज्य तपाईँका लागि खुट्टामा बन्चरो ताके सरह हो भन्ने बुझ्नुहोस्।
४) सामाजिक, सोसियल मिडिया, बिग्रिएका, सडेका, गुड्डी हाँक्ने, गफाडी र फटाहाका कुरा सुन्दै नसुन्नु । १२ हात पर भाग्नु यस्ता मानिसहरूबाट।
५) ५० जनाका कुरा नसुन्नु ।
६) काम खोज्नु, जुन कामले भविष्यमा अनुभव बटुलोस् र लगानीको मार्ग प्रशस्त बनाउन सकोस्।
७) चोर काम, ठग्ने, कानुन मिच्ने, आँखा छल्ने, फट्टाइ गर्ने, झुटो बोल्ने, काम चोर, अल्छी, झारा टार्ने गर्दा आफैंलाई ठगिरहेको छु, बर्बाद बनाइरहेको छु भनेर बुझ्नु।
८) अमेरिकामा हुनुहुन्छ, कमाइन्छ तर मनि माइन्डेड, रकमी, छोटो हात र दिमाग तथा मनमा मनि मनि भनेर एकोहोरो नबनाउनु। यस्तो आदत र ब्यहोराले तपाईँको मानसिकता महत्वाकांक्षा र क्रेजी बनाइदिन्छ। जसबाट तपाईँले इमान्दारिता, मानसिकता एवं पिस लुज गर्नुहुनेछ र डिप्रेसनको शिकार बन्न सक्नुहुनेछ।
९) बच्चाहरूलाई राम्रो शिक्षा दिने र उनीहरुको भविष्य बनाउन लगानी गर्नुहोस्, पहिले।
१०) इमानदारिताले तपाईँलाई पे ब्याक गर्छ। इमान्दारिता कहिल्यै किल नगर्नु होस्।
११) कानुनको पालना गर्नुहोस् अनि कानुनको कतिपय कुरा हेक्का राख्नुहोस्।
१२) तुच्छ स्वार्थी नबन्नु कहिल्यै। यस्तो बन्दा तपाईँले नेटवर्क गुमाउनुहुन्छ। फाइनान्सियल फ्रिडमका लागि तपाईँसँग राम्रो नेटवर्क हुन जरुरी छ। आफ्नो काम पर्दा निहुरिने र काम फत्ते भएपछि मान्छेलाई मान्छे नै नगन्ने तोरी लाहुरे ब्यहोराले तपाईँलाई कसैले मन पराउँदैनन्।
१३) तपाईँसँग कति क्यापासिटी छ, कति स्किल छ, कति कमनसेन्स छ र कति दक्षता छ भनेर स्व। समीक्षा र रिअलाईजेशन गर्नुहोस्।
१४) भाषा अङ्ग्रेजी सिक्नुहोस्। भाषा अवसर हाता पार्ने महत्वपूर्ण कम्युनिकेसन्स माध्यम हो।
१५) ३०-३५ बर्ष भन्दा माथि उमेरकाले स्कुल, कलेज गएर डिग्री हासिल गरेर फाइनान्सियल फ्रिडम प्राप्त गर्ने चान्स कम हुन्छ किनभने उमेरले भ्याउँदैन र यसो गर्नु भनेको टोटल समयको बर्बाद हो। उमेर, अवसर र समयलाई सधैं नाप्नु र हेक्का राख्नु।
१६) सीड मनि बनाउनु।
१७) अनुभव र सीड मनि बनेपछि सानुबाबु सिलवालसँग सम्पर्क गरे पुग्छ। तपाईँलाई बाटो कोरिदिन्छु, आर्थिक स्वतन्त्रता र अमेरिकी ड्रिम कसरी प्राप्त हुनसक्छ। कसरी सफलता प्राप्त गर्न सकिन्छ ? तपाईँसँग इच्छाशक्ति हुनु जरुरी छ। तपाईँसँग डेडिकेशन र मिसन हुन जरुरी छ।
१८) डलर सजिलो ठाउँमा छैन। नथिङ्ग इज इजी इन अमेरिका।
१९) डिसिजन गर्ने क्यापासिटी, स्व। निर्णय गर्नसक्ने तपाईँसँग प्रवल वातावरण र तपाईँसँग सहयोगी पार्टनर जीवनसाथी वा मार्ग निर्देशनमा सहयोगी व्यक्ति वा परिवार आवश्यक पर्न सक्छ।
२०) अमेरिकामा साथ संगत तपाईँको फाइनान्सियल र परस्पर जीवनको आधार हो भनेर भुल्नु भयो, रेस्पेक्ट गर्न सक्नुभएन, मैमत्ता, चोर बुद्धि, फटाहा र कपटी हुनुभयो भने तपाईँलाई कसैलै पनि साथ र सहयोग गर्दैन, लेखेर राख्नुहोला।
२१) बाँकी तपाईँको सारथि र सहयोगी सानुबाबु सिलवाल तपाईहरुको साथमा छ। सबैको जय होस। आफ्नो साहु आफैं बनौँ, आफ्नो पे चेक आफैं काटौँ र फाइनान्सियल फ्रिडमका लागि तपाईँको सीड मनि लगानी गरि अमेरिकामा अवसर मज्जाले हाता पारौँ।
‘जाने श्रीखण्ड, नजाने खुर्पाको बिँड’ भने जस्तै आफ्नो नियमित व्यवहार र गतिविधिले तपाईं हाम्रो दैनिक जीवनमा ठूलो फरक पार्दछ र महत्व राख्दछ पनि । तपाईं हामी आर्थिक रूपमा समृद्धशाली बन्ने, जीवनलाई सरल र सहज ढंगले चलाउने र आफ्नो प्रवृत्तिलाई व्यवस्थित र सन्तुलित गर्नसके भविष्यमा थुप्रै अप्ठ्यारा, आर्थिक कठिनाइ र समस्याबाट गुज्रिने अवस्थाबाट बचाउन सक्दछ । हामी संसारको समृद्धशाली , अवसर र आर्थिक स्वतन्त्रताको मुलुक अमेरिकामा बसेको भनिएपनि सोचेजस्तो र कल्पना गरेजस्तो छैन यो अमेरिका । कडा परिश्रम गर्नैपर्छ । काम गर्नैपर्छ र श्रम गर्नैपर्छ, जीवन चलाउन र बिल तिर्न । अमेरिकामा श्रमको सम्मान त छ नै ।
सानुबाबु सिलवाल
लामो समय नेपालमा पत्रकारितामा संलग्न रहेका सिलवाल वातावरण पत्रकार समाज (सेज नेपाल)का संस्थापक अध्यक्ष हुन । अर्थशास्त्र र मनोविज्ञान विषयमा स्नातकोत्तर गरेका वरिष्ठ पत्रकार सिलवालले नेपालमा रहँदा धेरैवटा साप्ताहिक पत्रिकामा वातावरण, आर्थिक, राजनीतिक, सामाजिक तथा मनोरञ्जन विटमा कलम चलाएका छन् ।
वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सञ्चार सल्लाहकार रहिसकेका सिलवाल वातावरण पत्रकारितामार्फत वातावरण संरक्षणमा विशेष योगदान गरेवापत राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि भइसकेका छन् ।
१९ वर्षदेखि अमेरिकाका विभिन्न शहरमा व्यापार व्यवसाय गरेर बसेका सिलवाल सामाजिक अभियन्ता पनि हुन् । अमेरिकामा रहेका नेपालीहरूको दुःख पीडामा मलम लगाउँदै अभियन्ताको पहिचान बनाएका समाजसेवी सिलवाल नेपाल अमेरिका चेम्बर अफ कमर्सका कार्यवाहक सभापति समेत रहेका छन् ।
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
चिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार