हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १३:४९:४१
९ जेठ, काठमाडौं । हिमालमा जलवायुले पारेको असर न्यूनीकरणको समाधान खोजिनुपर्नेमा सरोकार भएकाहरुले चासो जनाएका छन् । हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रियजगत्को ध्यानाकर्षण गराउन नेपालको आयोजनामा काठमाडौँमा आजदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय संवाद’ मा उनीहरुले हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो दिएका हुन् ।
संवादको उद्घाटनसत्रमा नेपाल सरकारका मुख्य सचिव डा वैकुण्ठ अर्यालले जलवायुका कारण हिमालको हिउँ पग्लँदै गएर कालापत्थरमा परिणत भइरहेको भन्दै समयमा नै सचेत रहन आवश्यक रहेको जानकारी दिए ।
“गत वर्षको जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२८ मा पनि जलवायु परितर्वनका कारण हिमाली क्षेत्रमा परेको असरको विषयमा चर्चा भएको थियो, यसले आज यो संवाद गर्न सफल भएका छौँ”, उनले भने, “आगामी जुन पहिलो साता हुने साब्टाको छलफलमा पनि यसले एउटा मार्गदर्शन प्रदान गर्नेछ ।”
हिमालका ८० प्रतिशत मानिसलाई हिमालले नै स्वच्छ खानेपानी वितरण गरेको भन्दै खानेपानीको स्रोत जोगाउनका लागि पनि हिमाल जोगाउन जरुरी रहेको मुख्य सचिव अर्यालले बताए ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण पर्वतीय क्षेत्रका स्थानीय समुदायको जनजीवनमा प्रभाव पारिरहेको बताए।
“पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले नराम्रो असर गरिरहेको छ । वन डढेलो, हिउँ पग्लने, हिमताल विस्फोट हुने, समुद्री सतह बढ्नेलगायत समस्या बढिरहेका छन्”, उनले भने, “जलवायु परिवर्तनको असरका कारण हिमाल र हिमाली क्षेत्र जोखिममा परेको छ । पर्वतीय क्षेत्रलाई जलवायुको सङ्कटबाट बचाउन समयमा नै सबैले ध्यान दिन जरुरी छ ।”
अमेरिकी सहयोग नियोगकी निर्देशक कारेन वेल्चले नेपालको जैविक विविधता संरक्षण तथा वातावरणको क्षेत्रमा आफूहरुले साझेदारी गरिरहेको भन्दै आगामी दिनमा पनि साझेदारीलाई निरन्तरता दिने जानकारी दिए ।
खाद्य तथा कृषि सङ्गठन ९एफएओ० को पर्वतीय साझेदारी सचिवालका रोसालौरा रामियोले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको असरको तथ्याङ्क प्रमाणित भएको भन्दै पर्वतीय देशहरुले भोगेका चुनौतीको सामना गर्न यस्ता अनुभव आदानप्रदान कार्यक्रम महत्वपूर्ण रहने बताए ।
किर्गिस्तानका विशेष प्रतिनिधि डिनारा केमेलोभाले विश्वको हिमाल पहाड भनेको विश्वको ३० प्रतिशत जनता आश्रितस्थल रहेको जनाउँदै यसको संरक्षणमा सबै जुट्न आह्वान गरिन् । साथै उनले हिमाल स्वच्छ खानेपानीको स्रोत र जलविद्युतका लागि पनि अपरिहार्य भएकाले यसको संरक्षणमा विश्वजगत्कै चासो हुनुपर्नेमा जोड दिइन्।
संयुक्त राष्ट्रसंघ नेपालका आवासीय संयोजक हन्ना सिङ्गर हम्दीले हिमाल र त्यहाँका जनतालाई जलवायुले असर गरिरहेको भन्दै हिमालको संरक्षणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय 'साब्टा'का अध्यक्ष ह्यारी भिरेउले जलवायु परिवर्तनको असरका कारण बाढी, पहिरोलगायत विपद् निम्तिरहेको भन्दै जलवायु परिवर्तनको असर समाधान सबै मिले खोजिनुपर्नेमा जोड दिइन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
कात्तिक २९, २०८१ बिहिबार
जाडो छल्न आगन्तुक चरा चितवनमा
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार