नेता हो ! ०८४ मा भोट माग्न आउला: सहकारी पीडित
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १४:२:३४
९ जेठ, काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी पीडितहरुलाई एक बनाएर आन्दोलन गर्ने चेतावनी दिएको छ । उनीहरुले शुक्रबारदेखि आन्दोलन थाल्ने घोषणा गरेका छन् । आन्दोलनको मुख्य नारा मिसन ०८४ मा नेता लखेट्ने रहेको पीडितले बताएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष कुशलव केसीले ११ गते ११ बजेदेखि माइतीघरमा रिले अनसन थालेर आफूहरूको माग पूरा नभएसम्म र सबै सहकारी पीडितले बचत नपाएसम्म नरोकिने बताए । यसअघि सरकारले विभिन्न सम्झौता गरे पनि सहकारीका पीडकलाई बचाउने काम गरेको उनले बताए ।
हिजोसम्म हात जोडेर मन्त्रीहरूसँग हारगुहार गरियो तर, कसैले सुनेनन् । अब मिसन ८४ मा तपाईंहरु के भनेर आउने हो हामी देशभरीबाट लखेट्छौँ । गाउँमा छिर्न दिन्नौ, उनले भने । सहकारी पीडितले न्याय पाएनन् भने यही एजेन्डा लिएर उमेदवारको विरोधमा उत्रिने उनको भनाइ छ ।
हाम्रो माग पूरा भएन भने ०८४ मा देखाउनेछौँ, उनले भने, सहकारीको पीडा सहन नसकेर कहिले पार्क र कहिले चिया पसलमा बैठक बस्यौँ । सहकारीमा ब्याजको लोभमा किन राखेको पैसा ? भनेर सरकारले भन्न मिल्छ ? सरकारलाई सोधेर राखेको हो ? भनेर थर्काउन मिल्छ ? हामीलाई थर्काउने सरकारले सहकारीको किन लाइसेन्स दियो ? गाउँगाउँमा सहकारी, घरघरमा भकारी किन भन्यो ? ।
चोरेको र लुटेको धन नभएको भन्दै पसिनाको बचत रकम भएकाले आफ्नो अधिकार लागि लडाइँ लडेको बताए । सहकारी पीडितका पक्षमा यो सरकार नभएको भन्दै उनीहरुले आउँदो चुनावमा अहिले सहकारी ठगीका पक्षमा उभिएकालाई देखाउने भन्दै आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार