प्रचण्ड सरकारले प्रेसमाथि धावा बोलेपछि अमेरिकी राजदूतावासले भन्योः सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित हुनुपर्छ
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १४:१८:१
९ जेठ, काठमाडौं । नेपालको बामपन्थी सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननतर्फ अग्रसर भइरहेका बेला नेपालस्थित अमेरिकी राजदूतावासले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ ।
आफ्नो अफिसियल फेसबुक पेजमा अमेरिकी सरकारको धारण राख्दै दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे पनि नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्नेछन् भन्ने आशा राखेको जनाएको छ ।
कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता जस्ता मार्गदर्शक सिद्धान्तहरू सरकारले भुल्न नहुने बताएको छ ।
हिजो मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा प्रहरीले प्रतिशोधपूर्ण तरिकाले कान्तिपुर कार्यालयबाटै पक्राउ गरेपछि दूतावासको यस्तो प्रतिक्रिया आएको हो । प्रचण्ड सरकार सञ्चारमाध्यम र पत्रकारहरूप्रति असहिष्णु बन्दै दमनतर्फ अग्रसर भएपछि अमेरिकी राजदूतावासले गम्भीरतापूर्वक घटनाक्रमहरू हेरिरहेको हो ।
अमेरिकी राजदूतावासले भनेको छ, “अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहावट भई आगलागी हुँदा सात लाख बढीको क्षति
मंसिर ३०, २०८१ आइतबार
प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
गरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
सोमबार सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
पुष १, २०८१ सोमबार
वसन्तपुर दरबार स्क्वायरमा राष्ट्रिय झण्डा दिवस मनाइयो
पुष १, २०८१ सोमबार
खोलामा तरकारी खेती
पुष १, २०८१ सोमबार
सानेपामा कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
पुष १, २०८१ सोमबार