युक्रेनी क्षेत्रमा रुसले शुरु गर्यो आणविक हतियारको परीक्षण
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १४:२३:४३
९ जेठ, काठमाडौं । युक्रेन युद्धको बीचमा रुसी सेनाले इस्कान्डर र किन्जल मिसाइलको प्रयोग गरी रणनीतिक आणविक परीक्षण सुरु गरेको छ । रुसी रक्षा मन्त्रालयले मंगलबार यी परीक्षणहरू युक्रेनको दक्षिणी सैन्य क्षेत्रमा भइरहेको बताएको छ । यो क्षेत्र एकदम ठूलो छ। रुसले परीक्षणहरू कहाँ भइरहेको छ भन्ने ठ्याक्कै बताएको छैन ।
अल्जाजीराका अनुसार रुसले यो क्षेत्र युद्धको सुरुवाती दिनमा कब्जा गरेको थियो । बेलारुस पनि यस परीक्षणमा सहभागी हुने अपेक्षा गरिएको छ। गत वर्ष रुसले बेलारुसमा सामरिक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेको थियो ।
रुसले यो परीक्षणबाट पश्चिमी देशहरूको धम्कीको जवाफ दिने प्रयास गरिरहेको छ । गत महिना मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियार अभ्यास गर्न आदेश दिएका थिए । यसमा उनले युक्रेनी सीमा नजिक तैनाथ नौसेना र सैनिकलाई पनि सहभागी हुन आग्रह गरेका छन् ।
रुसले यस्तो परीक्षण गरिरहेको छ जब केही दिन अघि नाटो र पश्चिमी देशहरूले युक्रेनलाई सहयोग गर्न सेना पठाउने कुरा गरेका थिए । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गत महिना युक्रेनले सहयोग मागेमा त्यहाँ आफ्ना सेना पठाउन सक्ने बताएका थिए ।
बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले पनि युक्रेनले चाहेमा रुसमाथि आक्रमण गर्न बेलायती हतियार प्रयोग गर्न सक्ने बताएका थिए । अमेरिकाले अप्रिलमा युक्रेनलाई १२ एटीएसीएमएस मिसाइल दिएको थियो । यसको दायरा ३०० किलोमिटर छ, जसको मतलब यदि यसलाई युद्धमा प्रयोग गरियो भने, यसले रूस भित्र ३०० किलोमिटरसम्म आक्रमण गर्न सक्छ ।
यसपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत हप्ता मात्रै युक्रेनको भ्रमण गरेका थिए । रुस र युक्रेनबीचको युद्ध फेब्रुअरीमा तेस्रो वर्षमा पुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार