पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १४:४५:२१
९ जेठ, पोखरा । पोखरा महानगरपालिका-३० शिसुवास्थित चक्रदेवी सहकारी संस्थामा तोडफोड गरेको अभियोगमा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-५ रिवान बस्ने ३६ वर्षीय प्रकाश बिक, पोखरा महानगरपालिका-२७ लेखनाथ बस्नेहरू ४२ वर्षीय गणेश शाही, २९ वर्षीय समिन बिक, २७ वर्षीय संजिप सुनार, ५२ वर्षीय यम बहादुर चौरेली तथा ४९ वर्षीया कृष्ण कुमारी चौरेली, झापा भद्रपुर नगरपालिका-३ बस्ने ४० वर्षीय राजिव प्रसाई, रूपन्देही घर बताउने ४७ वर्षीया कमला चन्द र नवलपरासी घर बताउने ४२ वर्षीया बिष्णु बोहरा रहेका छन् ।
सहकारी संस्थामा तोडफोड भएको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले सहकारीका कर्मचारीमाथि हातपात, कागजपत्र हिनामिना तथा टेलिफोन तथा नेटको तार समेतमा क्षति पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार