सहकारी ठगीविरुद्ध शुक्रबारदेखि सडक आन्दोलनमा जाने कांग्रेसको निर्णय, संसदमा अवरोध कायमै राख्ने
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १५:७:१६
९ जेठ, काठमाडौं । नेपाली कांग्रेस सहकारीपीडितको मुद्दा लिएर सडकमा जाने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो । कांग्रेसले सहकारी ठगीविरुद्ध आन्दोलन जाने तयारीका लागि काठमाडौँ उपत्यकाका सबै पार्टी नेतृत्व र भ्रातृ संगठनका प्रमुखहरुलाई छलफलमा बोलाएको छ ।
पार्टीको जारी केन्द्रीय समिति र संसदीय दलको बैठककै बिच काठमाडौँ, ललितपुर र भक्तपुरको पार्टी नेतृत्वका साथसाथै भ्रातृ संगठनका प्रमुखहरुलाई पार्टी कार्यालय सानेपामा छलफलका लागि बोलाइएको हो । सहकारी ठगीको आरोप लागेका गृहमन्त्रीमाथि संसदीय छानबिन माग गर्दै सदन अवरुद्ध गरेको नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन सुरु गर्ने निर्णय गरेको हो ।
कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगी संलग्नमाथि कारबाही माग गरेको छ । उसले नेपाली कांग्रेसमाथि सदनमा गृहमन्त्रीले लगाएको गम्भीर आरोपमाथि छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ । केन्द्रीय समिति बैठकमा गृहमन्त्री रवि लामिछानेको माग गर्ने विषयमा छलफल भएको र गृहमन्त्रीको राजीनामा माग गर्ने तथा छानबिन समिति गठन मागमा अडिग रहनेबारे छलफल भएको थियो ।
संसदमा अशिष्ट, हिंस्रक र अपमानजनक, व्यक्तिगत रुपमा आपत्तिजनक शब्द प्रयोग गरेकाले लामिछाने उक्त पदमा रहन नहुने कांग्रेस केन्द्रीय बैठकमा छलफल भएको एक नेताले जानकारी दिए । उनले शुक्रबारदेखि आन्दोलनमा जाने तय भएसँगै तयारीलगायतका विषयमा छलफलका लागि भातृ संस्थाका प्रमुखलाई सानेपा बोलाइएको जानकारी दिए ।
कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने क्रममा शुक्रबार राजधानीको भृकुटीमण्डपमा बृहत् विरोध प्रदर्शन गर्नेछ । गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीसँग जोडिएका जिल्लाहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन तथा प्रदर्शन गरिने छ । त्यसपछि पनि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्नेगरी कांग्रेसले मिति प्रस्ताव गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभद्रकालीबाट सुरु भयो एमाले जागरण सभाको र्याली
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
भद्रकालीबाट सुरु भयो एमाले जागरण सभाको र्याली
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार