वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १६:३२:२४
९ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय बिशाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोईलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।
पक्राउमध्ये बिशालले अमेरिका पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रूपैयाँ, प्रशान्तले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ र सैलेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले विशाललाई काठमाडौं लाजिम्पाटबाट, प्रशान्तलाई काठमाडौं बागबजारबाट र सैलेशलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मीको समयमा दिल्लीमा खानेपानीको अभाव
असार ८, २०८१ शनिबार
एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत
असार ८, २०८१ शनिबार
इटालीमा आप्रवासी जहाज दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो
असार ८, २०८१ शनिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
आईएल टी-२० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्रसहित १३ खेलाडी रिटेन
असार ७, २०८१ शुक्रबार
गर्मीको समयमा दिल्लीमा खानेपानीको अभाव
असार ८, २०८१ शनिबार
एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत
असार ८, २०८१ शनिबार
इटालीमा आप्रवासी जहाज दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो
असार ८, २०८१ शनिबार
आन्तरिक पर्यटकको रोजाइमा वेतना सिमसार
असार ८, २०८१ शनिबार
सुन्धारामा चलिरहेको छ नेपाल अफ्रिका चलचित्र महोत्सव
असार ८, २०८१ शनिबार
मनसुनमय पाँच पोखरी ( फोटो फिचर )
असार ८, २०८१ शनिबार