सहकारी पीडितका पक्षमा गरिने सडक आन्दोलन बारे भ्रातृसंस्थाका प्रतिनिधिसँग कांग्रेसको छलफल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १६:४१:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/BP_mohatsav_13_a0ZrMdjThp_eYRXF6mbdz.jpg)
९ जेठ, काठमाडौं । सहकारी पीडितका पक्षमा सडक आन्दोलन गर्ने तयारीमा जुटेको नेपाली कांग्रेसले आफ्ना भातृ संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेको छ । भ्रातृ संगठनका प्रमुखहरूलाई सानेपामा बोलाएर आन्दोलनको रणनीतिबारे छलफल गरेको हो ।
कांग्रेसले नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघका अध्यक्षहरूलाई सानेपामा बोलाएको छ । उनीहरुलाई शुक्रबार काठमाडौंमा हुने आन्दोलनको तयारी गर्न निर्देशन दिइएको छ । सडक संघर्षलाई प्रभावकारी बनाउन भ्रातृ संगठन परिचालन गर्ने कांग्रेसको तयारी छ ।
बुधबार पार्टी मुख्यालय, सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी ठगीका दोषीलाई कारबाहीका लागि दबाब दिन र पीडितलाई न्याय दिलाउन सडक संघर्षमा जाने निर्णय गरेको थियो । सडक संघर्षको सुरूवात शुक्रबार भृकुटीमण्डपबाट गर्ने कांग्रेसले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत र अमेरिकासहित ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
असार ७, २०८१ शुक्रबार
बजेट पारित नहुन्जेल संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेसको निर्देशन
असार ७, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठक जारी
असार ७, २०८१ शुक्रबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार ७, २०८१ शुक्रबार
सशस्त्रको लापरवाहीले करिब १५ लाख नगदसहित पक्राउ परेका भारतीय तस्कर भन्सारबाटै गायव
असार ७, २०८१ शुक्रबार
देशको विभिन्न ठाउँमा वर्षा, गण्डकी प्रदेशमा मुसलधारे पानी पर्ने
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले कोशी राजमार्गमा करोडौंको क्षति
असार ७, २०८१ शुक्रबार
बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द
असार ७, २०८१ शुक्रबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
अरविन्द केजरीवालको जमानतमा रोक, रिहाई फेरी अनिश्चित
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले मकालुमा २४ घर विस्थापित
असार ७, २०८१ शुक्रबार
भारत र अमेरिकासहित ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
असार ७, २०८१ शुक्रबार