यस्तो छ, महामन्त्री कोइरालाको बेल्जियमको विवाद मिलाउने कदम
इन्द्र रिजाल
बैशाख १२, २०७६ शुक्रबार १:२४:२७
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले जनसम्पर्क समिति बेल्जियमको बिषयमा आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले गरेको निर्णय उल्टाइदिएका छन्।
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पौडेललाई जनसम्पर्क समिति वेल्जियमको पाचौ अधिवेशन गर्न पार्टीको तर्फबाट प्रतिनिधि बनाएर खटाइएको थियो। तर प्रतिनिधि पौडेलले अधिवेशनबाट नयाँ नेतृत्व चुन्न नसकेपछि बिवाद माथि बिवाद थपिएको थियो।
बिधान र जिम्बेवारीलाई भुलेर प्रतिनिधि पौडेलले नयाँ तर्दश समिति बनाए पछि वेल्जियममा झन बिवाद बढेसगै बिवाद सुल्झाउन महामन्त्री कोइरालाले कडा कदम चालेका हुन्।
महामन्त्री कोइरालाले यस अघिका सभापति सीता सापकोटाको नाम पठाएको पत्रमा त्यहाको तोकिएको अधिवेशन स्थगित गर्न र थप संगठनिक अवस्था बुझि आन्तरिक असमझदारीको अन्त्य गरी अधिवेशनको वातावरण बनाउन निर्देशन दिएको बताएका छन्। तर निर्देशन बिपरित प्रतिनिधि पौडेलले एकलौटी ढंगले नयाँ तदर्श समिति बनाएका पछि रुष्ट बनेका महामन्त्रीले उनले गरेको निर्णय नै खारेज गरिदिएका छन्।
आमन्त्रित केन्द्रीय सदस्य पौडेलले गरेको निर्णयलाई सदर गर्दै पार्टी मुख्य सचिव कृष्ण पौडेलले समेत वेल्जियमको नयाँ तदर्श समितिलाई पत्रचार गरेका थिए । तर महामन्त्रीले मुख्य सचिवले २०७६ बैशाख १० च. न. २३२ को मा पठाएको पत्र बिधानको धारा २७१ को प्रतिकूल रहेको जनाएर उनको पत्र समेत खारेज गरिदिएका छन्।
साथै महामन्त्रीले यस भन्दा अगाडि जनसम्पर्क समिति बेल्जियमको सभापति रहेकी सीता सापकोटाको नाममा पठाएको पत्रमा पुन: अधिवेशनको लागि तयारी पुरा गरी केन्द्रीय समितिमा प्रतिनिधि पठाउन माग गरि पत्रचार गर्न समेत निर्देशन दिएका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपराष्ट्रपति पौडेल र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता हुँदै
कात्तिक २८, २०८१ बुधबार
एकीकृत समाजवादीले नीति मिल्नेसँग गठबन्धन गर्ने
कात्तिक २८, २०८१ बुधबार
प्रधानमन्त्री ओली जुम्ला जाँदै
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एलन मस्कलाई ट्रम्पले दिए महत्त्वपूर्ण जिम्मेवारी
कात्तिक २८, २०८१ बुधबार
सेती नदीमा जलविहार गर्दै पर्यटक
कात्तिक २८, २०८१ बुधबार
भक्तपुरमा पाँचदिने महोत्सव हुने
कात्तिक २८, २०८१ बुधबार
अमेरिकी जनरल फर्किएपछि किन नेपाल आउँदैछन भारतीय सुरक्षा अंगका उच्च अधिकारी ?
कात्तिक २८, २०८१ बुधबार
पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
कात्तिक २८, २०८१ बुधबार
असहमतिबीच उद्योगमा काटिएको लाइन जोड्नु परेको विषयमा कुलमानले आफ्नो धारणा राख्ने
कात्तिक २८, २०८१ बुधबार