अवैध ग्राभेल उत्खननले स्थानीयहरू आजित : दुई टिपर र एउटा स्काभेटर नियन्त्रणमा, प्रहरीको नियत उदाङ्गो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १७:४१:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/pakrau_PWCowO3MqP_FBPhc2S3GB.jpg)
•मुकेशकुमार यादव
९ जेठ, सिरहा। सिरहामा पछिल्लो समय ग्राभेल माफियाहरूले अवैध रुपमा गर्ने गरेको उत्खननले स्थानीयहरू आजित भइसकेका छन्। गाउँ बस्ती नै डुवानमा पर्ने गरी विना दर्ताकै ग्राभेल माफियाहरूले गरेको अवैध उत्खननले स्थानीयहरू आजित भएका हुन्।
आज बिहान अवैध रुपमा ग्राभेल उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले नगरहा गाउँपालिका ३ खोरियाबाट दुई वटा टिपर र एकथान स्काभेटर नियन्त्रणमा लिएको छ।
स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको मिलेमतोमा खानी समेत दर्ता नगराई ग्राभेल उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल गोल बजारले ना.१ क ४९१७ र ना.१ क ८५४३ नम्बरको टिपर र नम्बर नखुलेको स्काभेटर नियन्त्रणमा लिएको हो।
स्थानीयले दिएको सूचनाको आधारमा पुगेका सशस्त्र प्रहरीले उत्खनन गरिरहेको स्थानबाटै टिपर र स्काभेटर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल गोलबजारको प्रहरी निरीक्षक दशरथ अधिकारीले जनाएको छ। नियन्त्रणमा लिएको टिपर र स्काभेटर गाउँपालिकाको जिम्मामा लगाउने कार्य भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।
नगरहा ३ को दर्जनौं स्थानबाट अवैध रुपमा उत्खनन् भइरहे पनि स्थानीय प्रहरी र जनप्रतिनिधिको मौनताले उनीहरुको संलग्नता स्पष्ट देखिएको स्थानीयहरू बताउँछन्। कुनै खानी दर्ता नभएपनि यहाँका पहुँचवाला व्यवसायीहरुबाटै प्रशासन र जनप्रतिनिधिलाई प्रभावमा पारेर ग्राभेल निकाल्ने गरेको स्थानीय एक शिक्षकले जानकारी दिए।
उनका अनुसार दिनभरी मिर्चैया प्रहरीको डिउटी बसेकै क्षेत्रबाट ग्राभेल लाने गरेपनि प्रहरी देखेको नदेखेझैँ गरेकाले प्रहरीको नियत त्यसै उदाङ्गो भएको देखिन्छ।
उनले भने, ‘पालिकाकै अगाडिबाट दिनहुँ दर्जनौं टिपर जान्छ, वडा अध्यक्षलाई हामीले पटक पटक भन्दा पनि वास्ता गर्दैन, प्रहरीलाई भन्दा पनि सुन्दैन, आज बल्ल सशस्त्रले गाडी समायो। यो अवैध धन्दा रोकिनु पर्छ।’
ती शिक्षकले पक्राउ परेका टिपरहरु पनि निश्चित राजस्व बुझाएर छोड्नु नहुने बताउँदै भने, ‘यो चोर पुसको खेल जस्तो भयो, महिना दिन चलाउँछ। स्थानीयको धेरै विरोध हुन थालेपछि पकडेर देखाएजस्तो गर्छ। यो देखा'वा सकियो। अब उनीहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्छ।’
नगरहा गाउँपालिकामा आजसम्म कुनै खानी दर्ता नभएको प्रशासनले जनाएको छ। यहाँ बाट निस्कने सबै ग्राभेल चोरी निकासी गरेर निस्कने गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा शौच गर्न निस्किएका युवक मृत फेला
असार १, २०८१ शनिबार
जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा
असार १, २०८१ शनिबार
गोली लागेर घाइते भएका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको मृत्यु, दुई जना पक्राउ
जेठ ३२, २०८१ शुक्रबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १, २०८१ शनिबार
लज्जास्पद हारबारे संघ प्रमुख भागवत र सीएम योगीबीच आज छलफल हुने
असार १, २०८१ शनिबार
बागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
रौतहटमा शौच गर्न निस्किएका युवक मृत फेला
असार १, २०८१ शनिबार
दिक्तेलमा साकेला उँभौलीको मैझारो
असार १, २०८१ शनिबार
कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छ : उपसभापति खड्का
असार १, २०८१ शनिबार
बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्छ : केपी ओली
असार १, २०८१ शनिबार
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
असार १, २०८१ शनिबार