सहकारी ठगीमा महान्यायाधिवक्ताले गृहमन्त्री लामिछानेलाई सफाई दिएको पत्रबारे सर्वोच्चमा बहस हुने
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १७:५०:१९
९ जेठ, काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणमा सफाइ दिन लेखेको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ । यसअघि दरपीठ भएको रिटलाई दर्ता गर्न आदेश भएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले बुधवार सर्वोच्च प्रशासनलाई रिट निवेदन दर्ता गर्न आदेश गरेको छ ।
यो आदेशसँगै यस विषयमा सर्वोच्च अदालतमा बहस हुने भएको छ । सहकारी ठगीका विषयमा रवि लामिछानेलाई क्लिन चिट दिने गरी महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्र न्यायिक परीक्षणमा जाने भएको छ । अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो ।
उक्त आदेशविरुद्ध उनले इजलासमा निवेदन दिएकामा न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले बुधवार सर्वोच्च प्रशासनलाई रिट निवेदन दर्ता गर्न आदेश गरेको हो । न्यायाधीश ढुंगानाको एकल इजलासले यसअघि दरपीठ गर्ने निर्णय मिलेको नदेखिएको भन्दै दर्ताका लागि आदेश भएको हो । महान्यायाधिवक्ता कार्यालयले वैशाख २४ गते गृहमन्त्री लामिछानेको सहकारी ठगी सम्बन्धमा कुनै पनि कार्यालयमा अनुसन्धान÷अभियोजन र अनुसन्धान नभएको भनी पत्र दिएको थियो ।
उक्त पत्र देखाउँदै लामिछानेले आफूले सहकारी प्रकरणमा सफाइ पाएको दाबी गरेका थिए । उक्त पत्रपछि महान्यायाधिवक्ता कार्यालयको आलोचना भएको थियो । रविले गृहमन्त्रीको हैसियतमा संवैधानिक निकायको दुरुपयोग गरेको विपक्षी कांग्रेसले आरोप लगाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसकिएन गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको रिटको सुनुवाइ, अर्काे पेसी १६ असारमा
असार ७, २०८१ शुक्रबार
जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाई पाएका तहसिलदार पाण्डेलाई उच्चले पठायो जेल
असार ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा पर्यो गृहमन्त्री लामिछानेविरुद्धको रिट
असार ७, २०८१ शुक्रबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार ७, २०८१ शुक्रबार
सशस्त्रको लापरवाहीले करिब १५ लाख नगदसहित पक्राउ परेका भारतीय तस्कर भन्सारबाटै गायव
असार ७, २०८१ शुक्रबार
देशको विभिन्न ठाउँमा वर्षा, गण्डकी प्रदेशमा मुसलधारे पानी पर्ने
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले कोशी राजमार्गमा करोडौंको क्षति
असार ७, २०८१ शुक्रबार
बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द
असार ७, २०८१ शुक्रबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
अरविन्द केजरीवालको जमानतमा रोक, रिहाई फेरी अनिश्चित
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले मकालुमा २४ घर विस्थापित
असार ७, २०८१ शुक्रबार
भारत र अमेरिकासहित ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
असार ७, २०८१ शुक्रबार