काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल वेलायत प्रस्थान
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १९:४:१४
९ जेठ, काठमाडौं । ब्रिटिस काउन्सिलको निमन्त्रणामा वुमन अफ द वर्ल्ड, फेस्टिबलमा सहभागी हुन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज वेलायत प्रस्थान गरेकी छन् । उपप्रमुखसँग भ्रमण टोलीमा वडा- २७ की सदस्य श्रृष्टी कंसाकार, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान रहेका छन् ।
महोत्सव मेनचेष्टर शहरको अभोभा स्टुडियोमा जेठ ११, १२ र १३ गते हुनेछ । भ्रमणको अवधि १० दिनको हुनेछ । फेस्टिबलमा उपप्रमुख डंगोलले अभियानका संस्थापक जुड केली सीबीइसँग छलफल गर्ने छिन् । उनीहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
वार्षिक रुपमा मनाइने यो महोत्सव स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रका महिलाहरुका बीच अन्तरक्रिया र अनुभव आदान हुन्छ । यो सन् २०११ मा लण्डनको साउथ बैङ्कबाट सुरु भएको हो । यो कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी भइसकेकी छन् ।
लैङ्गिक समानता र समावेशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरूको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो । महोत्सवमा सहभागी महिलाहरूले आफ्ना समस्या, दबाब, अभाव र अवसरका विषयमा खुला छलफल गर्नेछन् । कार्यक्रममा विभिन्न देशबाट राजनीतिकर्मी, अधिकारकर्मी, कला, साहित्य र संगीत जस्ता सिर्जनात्मक क्षेत्रका वक्ता र सहभागीको जमघट हुनेछ ।
हाल सम्म विश्वका ६ महादेशहरूको ४५ भन्दा बढी स्थानहरूमा ५० लाख भन्दा बढी व्यक्तिहरूले सहभागिता जनाइसकेका छन् ।
महोत्सवसँगै भ्रमण टोलीले स्कटल्याण्डमा नेपाल स्कटल्याण्ड एसोसिएसनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछ । यस्तै लण्डनस्थित वेलायतका लागि नेपालको राजदूतावासले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुने छ । भ्रमण अवधिमा अक्सफोर्ड विश्वविद्यालय, वल्र्ड नेवाः अर्गनाइजेसनलगायत संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । भ्रमण टोली ज्येष्ठ २० गते स्वदेश फर्कनेछ ।
यस प्रकारको भ्रमण र कार्यक्रममा सहभागितापछि आपसी कार्यक्रममा साझेदारिता बढ्ने, क्षमता विकास र सशक्तीकरणका कार्यक्रममा सामूहिक नतिजा प्राप्त हुने अपेक्षा गरिएको छ ।
‘लैङ्गिक र समावेशी कार्यक्रम’ सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले गएको वैशाख १० गते व्रिटिस काउन्सिलसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार