आयरल्याण्ड, नर्वे र स्पेनद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णय, हमास र पीएलओद्वारा स्वागत
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार २१:६:५३
९ जेठ, काठमाडौं । आयरल्यान्ड, नर्वे र स्पेनले बुधबार प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णय गरेका छन् । प्यालेष्टाइन लिबरेशन अर्गनाइजेसन र इस्लामिक समूह हमासले युरोपेली राष्ट्रहरूले प्यालेष्टाइनलाई स्वतन्त्र राज्यका रूपमा दिएको मान्यताप्रति आभार प्रकट गर्दै निर्णयको स्वागत गरेका छन् । प्यालेष्टाइनलाई मान्यता दिने कदमको इजरायलले कडा विरोध गरेको छ ।
प्यालेष्टाइनलाई मान्यता दिने कदमको इजरायलले कडा विरोध गरेको छ । हमासले अक्टोबर ७ मा इजरायलमाथि एकाएक गरेको आक्रमणपछि इजरायलले गाजामा कारबाही केन्द्रित गरेपछि यस क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्ध भड्किएको छ ।
आयरल्यान्ड, नर्वे र स्पेनले गाजा युद्धको सात महिनापछि मे २८ पछि प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गरेका हुन् । “हामी यसलाई हाम्रो भूमिमा हाम्रो अधिकार पुष्टि गर्ने दिशामा एक महत्वपूर्ण कदम ठान्छौँ”, हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “साथै, विश्वभरका देशहरूलाई हाम्रो वैध राष्ट्रिय अधिकारलाई मान्यता दिन आह्वान गर्दछौँ ।”
हमासका वरिष्ठ अधिकारी बासेम नईमले प्यालेस्टिनी जनताको ‘साहसिक प्रतिरोध’का कारण तीन युरोपेली मुलुकले यो कदम चालेको दावी गरे ।
उनले एएफपीसँग भने, “यी क्रमिक मान्यताहरू यस साहसी प्रतिरोध र प्यालेस्टिनी जनताको विख्यात दृढताको प्रत्यक्ष परिणाम हो ।” “यो प्यालेस्टिनी मुद्दामा अन्तर्राष्ट्रिय स्थितिमा परिवर्तन आउनेछ भन्ने कुरामा हामी पूर्णरूपमा विश्वस्त छौँ ।”
प्यालेस्टिनी जनताको एकमात्र वैध प्रतिनिधिको रूपमा अन्तर्राष्ट्रिय रूपमा हेरिएको प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसनले यो निर्णयलाई ‘ऐतिहासिक’ भन्दै स्वागत गरेको छ ।
पीएलओ कार्यकारी समितिका महासचिव हुसेन अल शेखले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “आयरल्याण्ड, नर्वे र स्पेनको यो कदम ‘ऐतिहासिक क्षण’ हो । यसमा सत्य र न्यायका लागि स्वतन्त्र विश्वको विजय हुन्छ ।”
संयुक्त राज्य अमेरिकालगायत अधिकांश पश्चिमा सरकारहरूले एक दिन प्यालेस्टिनी राज्यलाई मान्यता दिन इच्छुक छन् तर यसका लागि प्यालेष्टाइनको अन्तिम सीमा र जेरुसेलमको स्थितिजस्ता जटिल मुद्दाहरूमा सहमति हुनु आवश्यक हुने उनीहरूको धारणा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ
असोज ७, २०८१ सोमबार
हिजबुल्लाहविरुद्ध आवश्यक कारवाही गर्न तयार छौं : नेतान्याहु
असोज ७, २०८१ सोमबार
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
शेयरबजारमा उच्च गिरावट, ५९ अंकले घटेर २५२९ अंकमा झर्यो नेप्से परिसूचक
असोज ७, २०८१ सोमबार
अत्यधिक गर्मी बढेपछि विद्यालय बिदा
असोज ७, २०८१ सोमबार
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप
असोज ७, २०८१ सोमबार
दुर्गा प्रसाईंलाई रिहाइका लागि माइतीघरमा समर्थकहरूको प्रदर्शन [ फोटो फिचर ]
असोज ७, २०८१ सोमबार