बौद्ध तीर्थस्थलमा दर्शनार्थीको भीड, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिहरु लुम्बिनीमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार ८:२७:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/lumbini_VIP_3L4q1K9CFj_Y2alh2pbv2.jpg)
१० जेठ, रुपन्देही । २५६८ औं बुुद्धजयन्तीका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीसहित देशभरका बौद्ध तीर्थस्थलहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम (बुद्ध)को आज पूजा, आराधना एवं प्रवचन गरी मनाइँदैछ । विशेष गरी लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा दर्शनार्थीहरूको बिहानैदेखि भिड लागेको छ ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्म गुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।
यस अवसरमा लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देही, कपिलवस्तु र नवलपरासीमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी कोषका अध्यक्ष एवं संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, लुम्बिनीका मुख्यमन्त्री जोख बहादुर महरा, सांसदहरू, उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग, विदेशी पाहुनाहरू लुम्बिनी आइसकेको कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले जानकारी दिए ।
बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको भन्दै उनले बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय रूपमा सन्देश दिने गरी मनाइने बताए ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्ला स्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए ।
बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक विदा दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
बजेटको आकार बढाउँदै काठमाडौं महानगरपालिका
असार ७, २०८१ शुक्रबार
ठूला शहर केन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ : मेयर बालेन
असार ७, २०८१ शुक्रबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार ७, २०८१ शुक्रबार
सशस्त्रको लापरवाहीले करिब १५ लाख नगदसहित पक्राउ परेका भारतीय तस्कर भन्सारबाटै गायव
असार ७, २०८१ शुक्रबार
देशको विभिन्न ठाउँमा वर्षा, गण्डकी प्रदेशमा मुसलधारे पानी पर्ने
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले कोशी राजमार्गमा करोडौंको क्षति
असार ७, २०८१ शुक्रबार
बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द
असार ७, २०८१ शुक्रबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
अरविन्द केजरीवालको जमानतमा रोक, रिहाई फेरी अनिश्चित
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले मकालुमा २४ घर विस्थापित
असार ७, २०८१ शुक्रबार
भारत र अमेरिकासहित ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
असार ७, २०८१ शुक्रबार