‘वेलकम टु द जंगल’ बाट बाहिरिए सञ्जय दत्त
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार १०:५१:३१
१० जेठ, काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्त वेलकम फ्रेन्चाइजको तेस्रो फिल्म ‘वेलकम टु द जंगल’ बाट बाहिरिएका छन् । उनले फिल्मको सुटिङ पनि सुरु गरिसकेका थिए तर अहिले स्वास्थ्य समस्याका कारण उनले फिल्म छाडेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
सञ्जय दत्त अब अक्षय कुमार, दिशा पटानी, ज्याकलिन फर्नान्डिस स्टारर फिल्म वेलकम टु द जंगलको हिस्सा नबन्ने भएका छन् । सञ्जय दत्तले स्वास्थ्य समस्याका कारण फिल्म छाडेको बताएको छ । सञ्जय दत्तले केही समयअघि फिल्मको सुटिङ मड आइल्याण्डमा सुरु गरेका थिए । उनले एक दिन मात्रै छायांकन गरेपछि फिल्म छाडेको बताइएको छ ।
सञ्जय दत्तको फिल्म ‘वेलकम टु द जङ्गल’मा केही एक्सन दृश्यहरु देखिने थियो तर स्वास्थ्य समस्याका कारण सञ्जयले एक्सन गर्न सकेनन् । निर्माताहरूले अब सञ्जय दत्तको प्रतिस्थापन गर्न शुरु गरेका छन् ।
डिसेम्बर २०२३ मा, अक्षय कुमारले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डल मार्फत फिल्म वेलकम टु द जंगलको घोषणा गरेका थिए । फिल्मको पोष्टर पनि सार्वजनिक गरिएको छ, जसमा स्टारकास्ट देखिएका छन् । पोस्टरका अनुसार फिल्ममा अक्षय कुमार, सुनील शेट्टी, सञ्जय दत्त, अरशद वारसी, दिशा पटानी, ज्याकलिन फर्नान्डिस, रविना टण्डन, लारा दत्त, राजपाल यादवको मुख्य भूमिका रहेको छ । फिल्मलाई अहमद खानले निर्देशन गर्दैछन् ।
२१ डिसेम्बर २०२३ मा अक्षय कुमारले सञ्जय दत्तसँग फिल्मको सुटिङ गरेका थिए । सञ्जय दत्तको वर्कफ्रन्टको बारेमा कुरा गर्दा, उनी तेलुगु फिल्म डबल स्मार्ट, कन्नड फिल्म, केडी(द डेभिल, पंजाबी फिल्म शेरन दी कम पंजाबी र हिन्दी फिल्म बापमा काम गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायतकी प्रिन्सेस केट मिडलटनले दिइन क्यान्सरबारे जानकारी
असार २, २०८१ आइतबार
ब्लकबस्टर फिल्म बोर्डर सिक्वेलको रिलिज मिति सार्वजनिक
असार १, २०८१ शनिबार
सलमानको सिकन्दरमा हलिवुडको जस्तो एक्शन
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार