श्रीलंका प्रिमियर लिगमा फिक्सिङको प्रयास : फ्रेन्चाइजी बर्खास्त, मालिक पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार १०:५४:२९
१० जेठ, काठमाडौं । श्रीलंका क्रिकेट (एसएलसी) को प्रिमियर टी-२० लिगबाट डम्बुला थन्डर्स फ्रेन्चाइजीका मालिक तमिम रहमानलाई म्याच फिक्सिङको आशंकामा पक्राउ गरिएको छ । अदालतको आदेशपछि उनलाई शहरको बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
खेलकुदसँग सम्बन्धित अपराध रोक्न खेलकुद मन्त्रालयमा गठित विशेष अनुसन्धान इकाइका एक अधिकारीले ती व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेका छन् । कोलम्बो मजिस्ट्रेट अदालतले रहमानलाई मे ३१ सम्म हिरासतमा पठाएको छ । एसएलसीले एक विज्ञप्तिमा भनेको छ-लंका प्रिमियर लिगले डम्बुला थन्डर्सको फ्रेन्चाइजलाई तत्काल प्रभावबाट रद्द गरेको घोषणा गरेको छ ।
डम्बुला फ्रेन्चाइज बंगलादेशी उद्यमीहरूको नेतृत्वमा रहेको इम्पेरियल स्पोर्ट्स ग्रुपले अप्रिलमा खरिद गरेको थियो । तर, उनीमाथि लागेको वास्तविक अभियोग अझै स्पष्ट भइसकेको छैन । एसएलसीले भन्यो– रहमानमाथि लागेको आरोप स्पष्ट छैन, तर लंका प्रिमियर लिगको इमान्दारिता र सहज कार्यसम्पादन सबैभन्दा महत्त्वपूर्ण छ ।
रहमानमाथि म्याच फिक्सिङ र सट्टेबाजीको प्रयास सम्बन्धी देशको खेलकुद ऐनका दुई प्रावधान अन्तर्गत अनुसन्धान भइरहेको थियो । श्रीलंका प्रिमियर लिग जुलाई १ देखि २१ सम्म हुने तय भएको छ । भर्खरै श्रीलंकाको एक अदालतले भारतीय नागरिक योनी पटेल र पी आकाशलाई आफ्नो राहदानी आत्मसमर्पण गर्न आदेश दिएको थियो । दुबैलाई कोलम्बोमा लिजेन्ड्स क्रिकेट लिगमा म्याच फिक्सिंगको आरोप लगाइएको थियो ।
पटेल यस लेजेन्ड्स लिगमा एउटा टोलीको मालिक हुन् । दुवै जना हाल धरौटीमा छन् । क्यान्डीको पाल्लेकेले स्टेडियममा मार्च ८ देखि १९ सम्म खेलिएको लिगको खेल फिक्स गर्न खोजेको आरोप उनीमाथि लागेको छ । श्रीलंकाले २०१९ मा कानून पारित गरेपछि खेलमा म्याच फिक्सिङ र भ्रष्टाचारलाई अपराध मान्ने पहिलो दक्षिण एसियाली देश बन्यो । दोषी पाइएमा १० वर्षसम्मको जेल सजाय र जरिवाना हुने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकालाई ९ विकेटले हराउँदै वेस्ट इन्डिज विजयी
असार ८, २०८१ शनिबार
आईएल टी-२० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्रसहित १३ खेलाडी रिटेन
असार ७, २०८१ शुक्रबार
सुपर आठको खेलमा अष्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले हरायो
असार ७, २०८१ शुक्रबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
'कार्वाइड' प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह
असार ८, २०८१ शनिबार
टी- २० विश्वकप : बंगलादेश ५० रनले पराजित, भारत सेमिफाइनल नजिक
असार ९, २०८१ आइतबार
पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध, सयौं यात्री अलपत्र
असार ९, २०८१ आइतबार
जाजरकोटमा बाढीले बगाएर शिक्षकको मृत्यु, ६ जना घाइते
असार ९, २०८१ आइतबार
पोर्चुगल युरोकपको नकआउट चरणमा
असार ९, २०८१ आइतबार