साकाधावा र बुद्ध जयन्तीको अवसरमा विदेशी सहित २२३ जनाले गरे रक्तदान
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार १३:५०:३७
१० जेठ, काठमाडौं। साकाधावा र बुद्ध जयन्तीको अवसरमा आयोजित रक्तदानमा विदेशी नागरिक सहित २२३ जनाले रक्तदान गरेका छन् । खुड्किलो नेपालको आयोजनामा काठमाडौं महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध स्तुपामा आयोजित रक्तदानका क्रममा विदेशी नागरिक सहित २२३ जनाले रक्तदान गरेका हुन् ।
खुड्किलो नेपालको आयोजना श्री बौद्ध नाथ क्षेत्र विकास समिति सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रममा प्राविधिक सहयोग कान्तिपुर रक्तसञ्चारको रहेको खुड्किलो नेपालकी अध्यक्ष तारा साम्पाङ राईले जानकारी दिइन् ।
उनका अनुसार रगत अभावलाई पूर्ति गर्न खुड्किलो नेपालले रक्तदान आयोजना गर्दै आएको छ । देशका विभिन्न स्थान तथा कारागारमा समेत खुड्किलो नेपालले रक्तदान आयोजना गर्दै आएको छ ।
साकाधावा तथा बुद्ध जयन्तीको अवसरमा बौद्ध स्तुपामा नै आफूहरूले रक्तदान गर्न पाउँदा कोरा गर्नु भन्दा ठुलो धर्म आफूहरूलाई महसुस भएको रक्तदानमा सहभागीहरूले बताएका थिए ।
रक्तदानमा नेपाल, भारत, चीन, भुटान, ताइवान , युके लगायत विभिन्न मुलुकका पर्यटकहरू सहभागी भएका थिए । रक्तदानमा ६० प्रतिशतले भन्दा बढीले पहिलो पटक रक्तदान गरेको खुड्किलो नेपालले जानकारी दिएको छ । खुड्किलो नेपालले रक्त अभाव तथा आँखा सम्बन्धी बिरामीहरूको उपचारमा सहयोग गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार