अभिनेता शाहरुख खान अस्पताल भर्ना
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार १३:५८:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/Shaharukh.jpg_h09irKfXWh_UQBaBD2Sri.jpg)
१० जेठ, काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको स्वास्थ्य अचानक बिग्रिएपछि अस्पताल भर्ना भएका छन् । मिडिया रिपोर्टका अनुसार गर्मीका कारण शाहरुखलाई अस्पताल भर्ना गर्नुपरेको थियो । शाहरुख अझै अस्पतालमै रहेको बताइएको छ ।
केडी अस्पतालका चिकित्सकका अनुसार शाहरुखलाई डिहाइड्रेसन समस्या थियो । जुही चावला पनि शाहरुखलाई हेर्न अस्पताल पुगेकी थिइन् । अस्पतालबाट निस्किएपछि उनले शाहरुखको स्वास्थ्यको अपडेट दिएकी थिइन् । शाहरुख आज साँझ डिस्चार्ज हुने र मुम्बई जाने बताइएको छ ।
जुहीले शाहरुख खानको स्वास्थ्य ठिक रहेको र चाँडै डिस्चार्ज हुने बताएकी छन् । शाहरुख खानको स्वास्थ्य र डिस्चार्जको बारेमा केडी अस्पतालले कुनै आधिकारिक घोषणा वा मेडिकल बुलेटिन जारी गरेको छैन । शाहरुख आइपिएलको पहिलो क्वालिफायरका लागि आफ्नो टिम कोलकोतालाई सपोर्ट गर्न अहमदावाद पुगेका थिए ।
पछिल्लो चार दिनदेखि अहमदाबादमा अधिकतम तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियसको बीचमा रेकर्ड भइरहेको छ । जसका कारण शाहरुखको स्वास्थ्य बिग्रिएको अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
कल्की निर्देशकले नयाँ फिल्ममा आलिया भट्टलाई लिने
फागुन ४, २०८१ आइतबार
सनी देओलको १९९६ को ‘घातक’ फेब्रुअरी अन्तमा पुनः रिलिज हुने
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार