पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार १४:८:२९
१० जेठ, म्याग्दी । मालिका गाउँपालिका–४ फूलबारीमा पक्की नहर निर्माण भएपछि कृषकलाई सिँचाइ गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा रु २५ लाख बजेट विनियोजन गरेको योजना खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत कार्यान्वयन गरेको हो ।
उपभोक्ता समितिका अध्यक्ष भीमविक्रम मल्लले छ सय ५३ मिटर पक्की नहर निर्माण र तीन सय मिटर पाइप लाइन जडान गरेर सिँचाइ गर्ने व्यवस्था मिलाएको जानकारी दिए । “नहर निर्माण र पाइप लाइन जडान भइसकेको आयोजनाबाट पानी ल्याएर सिँचाइ गर्न थालेका छौँ”, उनले भने, “सुरु गरेको दुई महिनामा योजना निर्माण सम्पन्न गरिएको हो ।”
गत वर्ष पनि प्रदेश सरकारको रु १० लाख बजेटबाट दाजुङखोलाको दोभानदेखि फूलबारीतर्फ दुई सय ६६ मिटर पक्की नरह निर्माण भएको थियो । करिब ५० घरधुरी कृषकको एक सय ७५ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको स्थानीय भीमबहादुर बुढाले बताए । “कच्ची नहरमा मुहानबाट हालेको पानी सोसिएर खेतबारीमा पु¥याउनै कठिन भएको थियो”, उनले भने, “पक्की नहर बनेपछि मुहानबाट हालेको सबै पानी खेतबारीमा पुग्न थालेको छ ।” श्रमदान गरेर बर्सेनि नहर सफा गर्नुपर्ने समस्या पनि हटेको छ ।
उपभोक्ताहरू नै मजदुरका रुपमा आयोजना निर्माणमा परिचालन भएकाले विकाससँगै रोजगारीको सिर्जना भएको बुढाले बताए । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयमार्फत चालु आर्थिक वर्षमा ६० सिँचाइसम्बन्धी आयोजना निर्माणाधीन रहेका छन् । अधिकांश आयोजना सम्पन्न हुने चरणमा रहेका कार्यालयका प्रमुख झलकमोहन ओझाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार