सिन्थेसिस: इतिहासको पुर्नव्याख्या, हिन्दु गणतन्त्र अपरिहार्य
कुसुम भट्टराई
जेठ १०, २०८१ बिहिबार १६:४७:२५
हामी नितान्त स्वतन्त्र छौं । तर, कहिलेकाँही हामीले स्वतन्त्रताको उदात्त उपभोग गर्दा हामीलाई अरु कसैले नियन्त्रण गर्दोरहेछ । म २०६१/०६२ मा ‘देशान्तर साप्ताहिक’मा कार्यरत थिए । ‘असोज १८’को घटनापछि हामी भारत दर्शनका लागि दिल्ली पुगेका थियौं । राजेश मिश्र, रामप्रसाद दाहाल, टंक पन्त र ऋषि धमलाजीसँग म पनि साउथ ब्लकका अधिकारीहरूसँग भेट्न पुगेको थिए ।
नेपाल मामिलाका जानकार एस.डी. मुनीसँग पहिला याक एन्ड यति होटलमा भेट भइसकेको थियो, दिल्ली गइसकेकाले राजेश मिश्रको सल्लाहमा हामी जेएनयू (जवाहरलाल नेहरु विश्वविद्यालय)मा उहाँलाई भेट्न गयौं । क्या सिम्पल, नर्मल । साहबले आफ्नो च्याम्बरमा कालो चिया मगाउनु भो । हाम्रा केही प्रश्नहरू थिए, प्रोफेसरले जवाफ दिनु भो । यता लाकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनुहुन्थ्यो । प्रोफेसरले भन्नु भो, ‘अटोक्रेसी आउँदैछ, केही वर्ष तिमीहरूलाई दुःख हुन्छ ।’
हामीलाई त त्यो हेक्का पनि थिएन । गोवामा ‘फेनी’ खाँदै हामी मेंगलोरबाट काठमाडौं ल्यान्ड भयौ । त्यसको एक महिनापछि ‘माघ १९’को काण्ड भयो । अनि मैले सुष्मा स्वराजको एउटा वाक्य सम्झिए, ‘लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतालाई बचाउनु होला, तपाईहरुसँग भेटेर खुशी लाग्यो ।’
अमेरिकन राजदूत हिज एक्सीलेन्सी जेम्स एफ मोरियार्टीलाई मैले रेडिसन होटलको कुनै कार्यक्रममा भेटेको थिए । उनी, राजा र संसदवादी दलहरुलाई मिलाउने र माओवादीलाई न्याक्ने लाइनमा थिए । यता, डा. तुलसी गिरी, कीर्तिनिधि विष्टहरु मानौं ‘१७ साल’कै लिग्यासीमा मदमस्त थिए ।
सुष्मा स्वराज त्यतिबेला सूचना तथा प्रशारण मन्त्री हुनुहुन्थ्यो । अटल विहारी वाजपेयी प्रधानमन्त्री । मेरो उदात्त भावले त प्रधानमन्त्रीलाई नै भेट्न खोज्या थियो, तर हाम्रो भिजिट प्रोटोकलले गर्दा भेट्न मिलेन । यद्यपि, उहाँका कविताहरू म अहिले पनि पढ्छु । हामी असोजमा काठमाडौं आयौं, केही महिनापछि ‘माघ १९’ काण्ड भयो ।
त्यो यस्तो समय थियो कि त्रिपक्षीय द्वन्द्वको दावानल । हरेक दिन हाम्रा नेपाली जनता मरेका खबरहरू आउँथे । मिडियामा काम गर्ने हामी जस्ता मानिसका लागि त्यो दुर्दान्त खबरले विचलित बनाउँथ्यो । तस्वीरहरु डेस्कमा आउँथे, सबै प्रकाशन गर्न हामी सक्दैनथ्यौं । तर, हेर्थ्याैं नी ।
अभिव्यक्ति स्वतन्त्रता पनि खण्डित हुन थाल्यो । नेपाल सेनाका मानिसहरू आएर ‘प्रिन्ट पेज’ हेर्न थाले । उही इतिहास दोहोरियो, जति बेला अञ्चलाधीशले पत्रिकामा कालो पोत्थे । लेटर प्रेसको युगमा जब हामी ट्रेडल मेसिनबाट पत्रिका छाप्थ्यौं, हरेक पत्रिका केलाएर पञ्चायती व्यवस्था र राजपरिवारको बारेमा लेखेका नकारात्मक शब्द र वाक्यमा ‘पंचायत नीति तथा जाँचबुझ समिति’का मानिसहरू कालो पोत्थे । उस्तै परे पत्रिका खारेज गर्थे ।
सुष्मा स्वराजले भन्नुभएको कुरा सम्झिए । भारतीय राजदूतावासमा गोपाल वाग्लेजी हुनुहुन्थ्यो । केही सल्लाह भयो, तर निकास थिएन, हामी अन्योलमा भयौं । त्यतिबेला विजयकुमार पाण्डे दाजुले सिके लाल दाईको अन्तर्वार्ता लिनु भो । हामीले कक्षा १० मा पढेको ज्यामितिको हिसाब त्यहाँ राजनीतिक गणितमा काम लाग्यो । सिके लालले भन्नुभयो, ‘त्रिपक्षीय द्वन्द्वमा दुई वटा पक्ष एकातिर मिल्यो भने तेस्रो पक्ष कमजोर हुन्छ अनि निकास आउँछ ।’
नेपालस्थित अमेरिकन राजदूत हिज एक्सीलेन्सी जेम्स एफ मोरियार्टीलाई मैले रेडिसन होटलको कुनै कार्यक्रममा भेटेको थिए । उनी, राजा र संसदवादी दलहरुलाई मिलाउने र माओवादीलाई न्याक्ने लाइनमा थिए । यता, डा. तुलसी गिरी, कीर्तिनिधि विष्टहरु मानौं ‘१७ साल’कै लिग्यासीमा मदमस्त थिए ।
आन्दोलन त सुरु भो । गगन थापा, नरहरि आचार्य, रामकुमारी झाँक्री र हामी साथीहरू रत्नपार्कमा एउटा उदात्त आवेगका साथ होमियौँ । बागबजार, पिके कलेज अगाडिको सडकमा ‘गणतन्त्र’ लेखियो । मलाई स्मरण छ, त्यो घटना जब गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला)को तालुमा राजा ज्ञानेन्द्रको लाठी बर्सियो । तात्यो माहौल ।
उता, जंगलमा प्रचण्ड र बाबुरामबीच खटपट थियो । बाबुराम दाई र हिसिला यमी म्यामलाई त्यतै कतै ‘होम एरेस्ट’ गरिएको थियो । कारवाही भनूँ न । मनु हुमागाईंको वायोग्राफी लेख्ने क्रममा उहाँले भने अनुसार ‘माघ १९’ को काण्डपछि प्रचण्डलाई ‘लालध्वज’ अर्थात् बाबुराम दाजुको खाँचो परिहाल्यो । सिके लाल दाजुले भने झैं अब संसदवादी दल र माओवादी मिल्ने परिस्थिति बन्यो । ज्यामितिको रेखा अब निकासतिर सोझियो ।
मेरो असहमति यहाँबाट सुरु हुन्छ । गिरिजाबाबुले भने अनुसार वैशाख १० मा प्रतिनिधिसभा पुनःस्थापना त भयो, वृहत् शान्ति सम्झौताका क्रममा नन इलेक्टेड पात्रहरूलाई ‘अन्तरिम संसद’का नाममा किन ल्याइयो ? प्रतिनिधिसभा घोषणामार्फत किन हाम्रो परम्परा र इतिहासलाई हठात् अपमानजनक व्यवहार गरियो ?
थानकोट आक्रमण र ‘दुश्मनको फौजी नियन्त्रण भएको चक्रपथभित्र’ केही हर्कतहरु माओवादीबाट भयो । कर्णेल साहबको पनि हत्या भयो । सशस्त्र प्रहरी बलका आईजी साहब र पत्नीको पनि मर्निङ वाकको क्रममा हत्या भयो । त्यो हाम्रो लागि पीडा र बेदनाको क्षण थियो । अति भो, अब निकास अपरिहार्य भन्ने आम भावना जागृत भो ।
यहाँ मैले सम्झिनुपर्छ, एमालेका नेता बामदेव गौतमले सायद रुकुम रोल्पातिर गएर माओवादीसँग ‘पाँच बुँदे सम्झौता’ गर्नु भो । अनि विस्तारै गिरिजाबाबुलाई सम्झाउने र फकाउने प्रकृया सुरु भो । यो शान्ति प्रकृयामा कमरेड किसान नेता बामदेवको ऐतिहासिक भूमिकाको उच्च प्रशंसा गर्छु । दिल्लीमा, राजेन्द्र महतो, अरविन्द सिंह, कृष्ण सिटौला र नारायणकाजी श्रेष्ठहरू थिए । यता, जेम्स एफ मोरियार्टी संसदवादी दल र राजालाई मिलाउने कोशिसमा थिए, तर त्यो संभव थिएन ।
नेत्र विक्रम चन्द ‘विप्लव’ गए, बाबुराम दाईलाई फकाउन । कारवाही फुकुवा भयो । अनि चुनवाङ बैठकमा, बाबुराम दाईले ‘म प्रचण्डमा विलय भए’ भन्नु भो, रामबहादुर थापा ‘बादल’ले ‘म बाबुराममा विलय भए’ भन्नु भो । गाना बजाना, रूवाबासी चल्यो । त्यसको भिडियो पनि छ । भाव संवेगको उत्कर्ष देखियो । नेपाली जनताको मिलनको दृश्य हो ।
यसरी ‘बाह्र बुँदे समझदारी’ भयो । गिरिजाबाबु र प्रचण्डले हात मिलाउनु भो । कान्तिपुर दैनिकमा मित्र नारायण वाग्लेले पहिलो पटक प्रचण्डको अन्तर्वार्ता लिनु भो । शान्ति प्रकृयाको आलोक हामीले देख्यौं । आन्दोलन भयो, सिके लाल दाजुले भने झैं, दुई पक्ष एकातिर मिल्नासाथ तेस्रो पक्ष कमजोर भयो, ठिकै भो ।
यहाँसम्म त ठिकै थियो नी । मेरो असहमति यहाँबाट सुरु हुन्छ । गिरिजाबाबुले भने अनुसार वैशाख १० मा प्रतिनिधिसभा पुनःस्थापना त भयो, वृहत् शान्ति सम्झौताका क्रममा नन इलेक्टेड पात्रहरूलाई ‘अन्तरिम संसद’का नाममा किन ल्याइयो ? प्रतिनिधिसभा घोषणामार्फत किन हाम्रो परम्परा र इतिहासलाई हठात् अपमानजनक व्यवहार गरियो ?
मेरो अभ्यन्तरले अझै स्वीकारेको छैन । हामीले त यत्ति मात्र चाहेको हो कि बोल्न पाउनुपर्छ, लेख्न पाउनुपर्छ । हाम्रो संस्कृति, परम्परा, संस्कार, इतिहास, पर्व, उत्सवसँग जोडिएको राजतन्त्रलाई हठात् हटाउनु हुँदैनथ्यो भन्ने मान्यतामा म आज पनि दृढ छु ।
संक्रमण कालमा कृष्ण सिटौला दाजु र पशुपति शमशेर राजालाई सोधेकै हो, किन यस्तो भयो ? उहाँहरूलाई पनि थाहा छैन रे । मण्डिखाटारमा गएर सुजाता दिज्यूलाई मात्र हैन, ड्याडी (प्रकाश कोइराला) लाई पनि सोधेकै हो, किन यस्तो भयो ? कसैलाई थाहा छैन । कृष्ण केसी उता दरबारमार्गमा कराइरहेको छ, नारायणहिटी छाड भन्दै, हामी त निरीह भयौं । हाम्रो चेतनाले भ्याएन, त्यो बेला ।
धर्मसँग, संस्कार, शिक्षा, परम्परा, जीवनशैली र भावना जोडिन्छ । यसैले त ‘ईस्लामिक रिपब्लीक अफ पाकिस्तान’ भयो । अनि हामीले ‘हिन्दु रिपब्लीक अफ नेपाल’ किन नबनाउने ? हाम्रो आवश्यकता, हाम्रो संस्कार र भावना विपरीत फिरंगीहरुले थोपरेको सिस्टममा हामी कहिलेसम्म अभिशप्त हुने ?
हो, यहींनेर पश्चिमाहरु क्रियाशील भए । कमजोर स्वाधीनताको फाइदा उठाए । हाम्रा मुलभूत एजेन्डाहरू गौण भए, तिनका एजेन्डा हावी भए । संक्रमणकालमा तिनले भरपुर फाइदा उठाए । पुग न पुग तीन करोड जनसंख्या भएको सानो देशमा संघीयता थोपरियो । म मूलधारका पत्रिकामा तीस वर्ष पत्रकारिता गर्दा नढाँटी भन्छु, संघीयता भन्ने ‘टपीक्स’ मेरो कोर्स बुक मै थिएन । अर्थात् यो मेरो आवश्यकता थिएन । अपरिहार्यताको त कुरै छाडौं ।
मलाई त चौध अञ्चल, पचहत्तर जिल्ला, नदीमा आधारित पाँच विकास क्षेत्र मन परेको हो । यही प्रशासनिक संरचनालाई अझ उन्नत बनाएको भए हुँदैनथ्यो ? मेरो प्रश्न । सनातन वैदिक धर्मको मुहान हाम्रो देशमा धर्म निरपेक्षता भनेर अर्को फन्डा थोपरियो । मैले अन्नपूर्ण पोष्ट दैनिकमा लेख नै लेखें, धर्मबाट को निरपेक्ष हुन्छ ? राज्य निरपेक्ष हुने ? धर्म त धारण गर्ने कुरा हो, राज्यको आफ्नो धर्म हुँदैन र ? सामाजिक न्याय र लोककल्याण हो नी राज्यको धर्म । यसबाट पनि राज्य निरपेक्ष हुने ? मेरो प्रश्न ।
विद्वत् वर्गसँग सतसंग हुँदा हाम्रो मोटामोटी सहमति भएको थियो, ‘धार्मिक स्वतन्त्रता’ भन्ने शब्द संविधानमा राखौं । अनि नेपालको आफ्नो स्वत्व पहिचानको लागि ‘हिन्दु राष्ट्र’ गरौं । अन्य धर्मका अनुयायीलाई पनि स्वतन्त्रता दिऊँ, हाम्रो पहिचान हिन्दु राष्ट्रका रुपमा गरौं ।
मलाई याद छ नी, जिन्ना साहबले पाकिस्तान विभाजन गर्दा धर्मकै आधारमा गरेको हो । यसको गहिरो अर्थ छ । धर्मसँग, संस्कार, शिक्षा, परम्परा, जीवनशैली र भावना जोडिन्छ । यसैले त ‘ईस्लामिक रिपब्लीक अफ पाकिस्तान’ भयो । अनि हामीले ‘हिन्दु रिपब्लीक अफ नेपाल’ किन नबनाउने ? हाम्रो आवश्यकता, हाम्रो संस्कार र भावना विपरीत फिरंगीहरुले थोपरेको सिस्टममा हामी कहिलेसम्म अभिशप्त हुने ? भन्ने मेरो प्रश्न हो ।
अँ, मेरो केही गुनासो पनि छ । अढाई सय वर्ष पुरानो हाम्रो राजतन्त्र, जुन हाम्रो इतिहासको अभिन्न अंग हो, त्यो हठात् हटाउँदा बहालवाला ‘स्टेट होल्डर’ पक्षसँग परामर्श किन नगरेको ? इतिहासलाई किन उपेक्षा गरेको ? म त ‘अटो एथ्नोलोजी’ पढ्दैछु, स्वत्वको समाजशास्त्र । आफ्नो इतिहासप्रति म गर्व गर्छु, किनकी आज म जे छु, त्यो मेरा तिनै पुर्खाहरूको बदौलत छ । त्यो त्यति बेलाको समय थियो, त्यसलाई आजको आँखाले हेरेर घृणा गर्न कदापि मिल्दैन । म गर्दिनँ, गर्व गर्छु ।
म त पूर्व राजा ज्ञानेन्द्र शाहज्यूप्रति नतमस्तक छु । राजा त्रिभुवन भारतीय राजदूतावासमा शरण लिएर दिल्ली हैदरावाद हाउसमा ‘होम एरेस्ट’ हुँदा यता श्री ३ मोहन शमशेरले भर्खरको फुच्चे ज्ञानेन्द्रलाई गद्दीमा राखेर हाम्रो स्वाधीनता बचाएकै हो । इतिहासको यो पक्षलाई म गदगद भएर सम्मान गर्छु । अध्ययन गर्नुहोला ।
ठिक छ, पहिलो संविधानसभाले जनताको ‘भर्डिक्ट’ लिने भनेर बजेट तर्जुमा गरेर लिइएको थियो नी राय संकलन ? त्यो कहाँ छ ? खै कहाँ छ त्यो रिपोर्ट ? इलामबाट सुवास नेम्वाङको पुत्र विजयी भइरहँदा म बाबुलाई भन्छु, पिताले लुकाएको त्यो रिपोर्ट सार्वजनिक गर । इतिहासलाई अपूर्ण बनाउनु हुँदैन । आज नभए पनि भोलि त, ‘एक्सपोज’ भइहाल्छ ।
निष्कर्षमा, प्रचण्डको महत्वाकांक्षाको शिकार हामी हुन्जेल यो देशको उन्नती हुँदैन । हामीले हाम्रो पनको सिस्टम नबनाएसम्म, हाम्रो धरा पनि धनधान्य हुँदैन । म त क्लीयर छु । ‘हिन्दु गणतन्त्र’ जिन्दावाद, स्पेश दिन ‘सेरेमोनियल राजतन्त्र’ पनि जिन्दावाद । संघीयता मुर्दावाद । विकेन्द्रीकरण जिन्दावाद । नदीमा आधारित प्रशासनिक संरचना जिन्दावाद । अब यो मामिलामा बहस छेडौँ न ।
कुसुम भट्टराई
साढे तीन दशकदेखि पत्रकारिता र लेखनमा सक्रिय वरिष्ठ पत्रकार भट्टराई कुशल विश्लेषक हुन् । हिमालय टाइम्स, कान्तिपुर, अन्नपूर्ण पोष्ट दैनिक लगायत दर्जनौं पत्र पत्रिकामा पत्रकारिता गरिसकेका भट्टराई नेपाली राजनीतिलाई नजिकबाट बुझेका पात्र हुन् । त्यसैले उनको कलम तीखो हुने गर्दछ ।
लेखकबाट थपनेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र
पुष १०, २०८१ बुधबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार