विधिको शासनमा दुई पासपोर्ट भएको गृहमन्त्री र दुई नागरिकता भएको व्यक्ति महासचिव हुँदैनः कोइराला
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार १४:३९:१७
१० जेठ, विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले विधिको शासन भएको मुलुकमा दुई वटा पासपोर्ट भएको गृहमन्त्री र दुई वटा नागरिकता भएको व्यक्ति संसद सचिवालयको महासचिव बन्न नसक्ने बताएका छन् । दुई पासपोर्ट र दुई नागरिकता लिएर जिम्मेवार पदमा बस्ने अधिकार कानुनले नदिने कोइरालाको भनाइ छ ।
विराटनगरमा बिहीबार नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा नेता कोइरालाले गृहमन्त्री भएको आधारमा रवि लामिछानेलाई कानुनी छुट नहुने बताए । उनले रवि लामिछानेका दुई पासपोर्ट हुन भने कानुनी उन्मुक्ति दिन नमिल्ने बताए । देशको कानुन गृहमन्त्रीलाई लाग्दैन, गृहमन्त्री भएको नाताले उन्मुक्ति दिने, यो हुन सक्दैन । ढिलो चाँडो उहाँमाथि कारवाही हुन्छ । त्यसबाट उन्मुक्ति पाउन सक्नुहुन्न, कोइरालाले भने ।
कोइरालाले गृहमन्त्री लामिछानेका दुईटा पासपोर्ट भएको कुरा कानुनी किनारामा नपुगेको भन्दै संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेको पनि दुईटा नागरिकता भएको तथ्य बाहिर आइरहेको बताए । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाले पक्राउमा प्रतिशोध देखिएको उनले बताए । उनले सिरोहिया दोषी भए राज्यले कारवाही गर्नुपर्छ तर, जुन हतार गरियो यसले गृहमन्त्रीमा खोट देखाएको छ उनले भने ।
कोइरालाले सिरोहिया पक्राउ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई जिब्रे नीति लिएको बताए । प्रधानमन्त्रीले सिरोहिया पक्राउ परेको अघिल्लो दिन आफूलाई थाहा नभएको बताएको र भोलिपल्टै आफ्नै निर्देशनमा पक्राउ गरिएको भनेकाले यसमा सरकारी षडयन्त्र देखिएको बताए ।
उनले भने, ‘यसरी नै देश चल्ने हो भने हामी कहाँ पुग्छौं । पहिलो दिन कैलाश जीलाई समातेको मलाई थाहा छैन भन्नुभयो । हिजो मैले नै अर्डर गरेको भन्नुभया । सरकार छ कि छैन । यो देशमा भइरहेको छ चाहिँ के ? बुढी मर्यो भन्दा काल पल्कियो भन्ने डर भयो ।’ सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्न रहेको कुरा थप प्रमाणित हुँदै गएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेन शाहलाई उपमेयर सुनिताको सुझाव, ‘पदको मर्यादा राखेर अभिव्यक्ति दिनू’
असार १०, २०८१ सोमबार
काठमाडौं आइपुगे चीनका उपविदेशमन्त्री सुन वेइदोङ
असार १०, २०८१ सोमबार
कर्मचारी आन्दोलनतिर गएपछि सुरुहुन सकेन संसद बैठक, कार्यसूची प्रभावित
असार १०, २०८१ सोमबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
असार १०, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ किनबेच ?
असार १०, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १०, २०८१ सोमबार
संसदका कर्मचारीको भत्ता बढाइने, ७ बुँदे सहमति
असार १०, २०८१ सोमबार
काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड ६३ लाख
असार १०, २०८१ सोमबार
मौलापुरले प्रस्तुत गर्यो ३९ करोडको बजेट
असार १०, २०८१ सोमबार
नेपाली सेनाका नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
असार १०, २०८१ सोमबार
बालेन शाहलाई उपमेयर सुनिताको सुझाव, ‘पदको मर्यादा राखेर अभिव्यक्ति दिनू’
असार १०, २०८१ सोमबार
नगरपालिकाद्वारा रत्ननगरका किसानलाई भैँसी वितरण
असार १०, २०८१ सोमबार