समिति गठनको टीओआरमा कार्यदलमा सहमति जुटेन
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार १७:३९:५५
१० जेठ, काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको टीओआर टुंगो लगाउन बिहीबार दिउँसो बसेको कार्यदलको बैठक निष्कर्ष नपुगि सकिएको छ । एक घण्टा एक ठाउँमा बसेर सत्तापक्ष र प्रतिपक्ष छुट्टाछुट्टै छलफलतिर लागेका छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा एक घण्टा छलफलपछि सत्तापक्ष तीन जना एकातिर र कांग्रेसका दुई जना अर्कोतिर लागेका छन् । बेग्लाबेग्लै छलफल गर्न उनीहरु छुट्टिएका हुन् । अहिले सत्तापक्षका मन्त्री गिरीसहित एमालेका प्रमुख सचेतक महेश बर्तौँला र रास्वपा सांसद शिशिर खनाल छलफल गदैछन् ।
कांग्रेसका तर्फबाट सहभागी ज्ञानेन्द्र कार्की र जीवन परियार बेग्लै छलफलमा छन् । फेरी बस्ने भन्दै उनीहरु अलग भएका हुन् । बैठकमा सत्ता पक्षबाट कांग्रेसले माग गरेको विषयहरूमा एउटा मस्यौदाको ड्राफ्ट प्रस्तुत गर्ने र त्यसमा कांग्रेसले सहमति जनाए कार्यादेश टुंगो लाग्ने बताइएको छ ।
नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरी गृहमन्त्री मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत हुन नसक्दा सहमति जुट्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
ढिस्कोमा पुरिएर एकजनाको मृत्यु
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
महिला अन्तर्राष्ट्रिय क्रिकेट : टस हारेर पहिले बलिङ गर्दै नेपाल
माघ २०, २०८१ आइतबार
यातायात कार्यालय जुम्लाद्वारा छ महिनामा ६७ लाख राजस्व सङ्कलन
माघ २०, २०८१ आइतबार
आधुनिक विद्युतीय मिल भित्रिएपछि ढिकीजाँतोको प्रयोग हराउँदै
माघ २०, २०८१ आइतबार
नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने
माघ २०, २०८१ आइतबार