सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार २१:२८:१८
१० जेठ, काठमाडौं । सगरमाथा दिवसको अवसरमा ललितपुरका विभिन्न ठाउँमा बाल क्लाइम्बिङ्ग प्रतियोगिताको आयोजना गरिएको छ । ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकामा प्रतियोगिताको आयोजना गरिएको हो ।
गोदावरी नगरपालिकाको वडा नं. ८ अवस्थित गणेश माविका विद्यार्थीहरूबीच भएको प्रतियोगितामा ६० जनाले भाग लिएका थिए । प्रतियोगितामा पुरुष समूहबाट दीपेश दनुवार प्रथम, अरुण दनुवार दोस्रो र दीपेन्द्र दनुवार तेस्रो भएका थिए । त्यसैगरी महिलातर्फ सनशीला तामाङ प्रथम, सरिता(इन्द्र) दनुवार दोस्रो र मरियम थोकर तेस्रो भएकी थिइन् । विजेताहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २६ को बालअधिकार समितिले स्पोर्ट्स क्लाइम्बिङ्ग खेल अन्तर्गत परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । धुम्बाराहीमा रहेको पासाङ ल्हामु क्लाइम्बिङ्ग सेन्टरमा बालबालिकाले बाल क्लाइम्बिङ्ग गरेर सगरमाथा दिवस मनाएका हुन् ।
ललितपुर महानगरको वडा नं. २६ बाल अधिकार समिति, महालक्ष्मी नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले एक–एक जना युवा र युवती गरेर महालक्ष्मी नगरपालिका अन्तर्गत प्रत्येक सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई १ दिने परिचयात्मक क्लाइम्बिङ्ग कार्यक्रमको समेत आयोजना गरेको थियो ।
विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले सन् २०१९ को सफल सगरमाथा आरोहण गर्ने क्रममा ३ वटै नगरपालिकाको लोगो अंकित झण्डालाई सगरमाथाको चुचुरोमा आजको दिन पुर्याएको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार