सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार २१:४५:३९
१० जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले छिमेकीलगायत सबै मुलुकहरूसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्दै आएको बताएका छन् ।
नेपाल परराष्ट्र सेवा दिवसका अवसरमा मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान तथा सक्रिय उपस्थितिका साथ राष्ट्रिय हितको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिँदै आएको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले कूटनीतिक सम्बन्ध विस्तार मुलुकको राष्ट्रिय हित प्रवर्द्धन र परराष्ट्र नीतिको सफल कार्यान्वयनमा परराष्ट्र सेवाको अहम् जिम्मेवारी रहेको बताए ।
साथै उनले संवैधानिक व्यवस्थाको प्रावधानअनुसार नेपालले पञ्चशीलमा आधारित स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति कायम गर्दै आएको बताए । उनले आर्थिक कुटनीतिमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान गर्ने तथा वैदेशिक रोजगारी मर्यादित र व्यवस्थित तुल्याउने नीतिलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराए ।
कार्यक्रममा परराष्ट्र सचिव सेवा लम्सालले परराष्ट्र सेवाको सुरुआती चरणको अवस्थाबारे जानकारी गराउँदै यस सेवाले नेपालको विदेश नीति तर्जुमा, सञ्चालन तथा प्रभावकारी कार्यान्वयनमा निर्णायक र अहम् भूमिका निर्वाह गर्दै आएको बताए । यस सेवामा कार्यरत कूटनीतिक सुझबुझसहितका जनशक्तिले नीति निर्मातालाई विज्ञ सल्लाह प्रदान गर्ने, संस्थागत ज्ञान निर्माण गर्ने संरक्षण गर्ने तथा नीति निर्माणमा निरन्तर रुपमा पृष्ठपोषणको कार्य गर्नुका साथै यसको कार्यान्वयनमा कटिबद्ध रहेको उल्लेख गरे । साथै सचिव लम्सालले यस सेवामा कार्यरत जनशक्तिले द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको उपस्थिति, वार्ता कौसल प्रदान गरिरहेको उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनियोजन विधेयकअन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल सम्पन्न
असार २, २०८१ आइतबार
प्रेस स्वतन्त्रताको मर्म विपरीत, मिडिया काउन्सिल विधेयक
असार २, २०८१ आइतबार
तलबसहित अतिरिक्त भत्ताको माग राखेर संसद सचिवालयका कर्मचारीले सुरु गरे आन्दोलन
असार २, २०८१ आइतबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन गर्न बनेको संसदीय समितिको कार्यविधि पारित
असार २, २०८१ आइतबार
विनियोजन विधेयकअन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल सम्पन्न
असार २, २०८१ आइतबार
मजदुर आन्दोलन, देशभर पेट्रोलियम पदार्थको वितरण ठप्प
असार २, २०८१ आइतबार
सरकारी निकायसँग भएका डकुमेन्टबाट सहकारी ठगीको छानबिन थाल्ने समितिको निर्णय
असार २, २०८१ आइतबार
पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार
असार २, २०८१ आइतबार
प्रेस स्वतन्त्रताको मर्म विपरीत, मिडिया काउन्सिल विधेयक
असार २, २०८१ आइतबार