आर्थिक मन्दीले मकवानपुरमा तीन सय ७४ साना उद्योग बन्द
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार ११:१९:१४
११ जेठ, बागमती । आर्थिक मन्दीका कारण मकवानपुरमा चालु आर्थिक वर्षको १० महिनामा तीन सय ७४ वटा साना बन्द भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार यो अवधिमा उद्योगतर्फ एक सय ६७ र वाणिज्यतर्फका दुई सय सात उद्योगको लगत कट्टा भएको छ । अघिल्लो आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगको लगत कट्टा हुने सङ्ख्या बढेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुसालले बताए ।
घरेलु तथा साना उद्योग कार्यालयमा चालु आवको १० महिनामा उद्योगतर्फ तीन सय २३ र वाणिज्यतर्फ दुई ९१ गरी छ सय १४ नयाँ उद्योग दर्ता भएको छन् । आव २०७९÷८९ मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार नौ उद्योग दर्ता भएको थिए ।
चालु आवमा उद्योगतर्फ ३३ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, नौ सय ३४ वटा नवीकरण, चार सय ५१ वटाको पुँजी वृद्धि, ६७ वटाको प्रतिलिपि, एक सय ६७ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
उक्त अवधिमा वाणिज्यतर्फ १६ वटाको नामसारी, २५ वटाको ठाउँसारी, सात सय ७७ वटाको पूँजी वृद्धि, एक हजार दुई सय १४ उद्योगको नवीकरण, दुई सय सातवटाको लगत कट्टा तथा ४१ उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालले भने । नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा रु दुई करोड ६३ लाख २२ हजार तीन सय ५२ राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाल्ट ट्रेडिङले भन्यो:- नुनको आवश्यक मौज्दात यथावत् छ, भीड नलाग्नु !
असार ११, २०८१ मंगलबार
बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर उडान गर्ने
असार ९, २०८१ आइतबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार