कञ्चनपुरमा तीन प्रतिशत गहुँ उत्पादनमा वृद्धि
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार १३:७:५१
११ जेठ, कञ्चनपुर । नौ पालिका रहेको कञ्चनपुरमा यो वर्ष गहुँ उत्पादन तीन प्रतिशतले वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र महेन्द्रनगरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८०र८१ मा एक लाख एक सय ८४ मेट्रिकटन गहुँ उत्पादन भएको जनाएको छ ।
केन्द्रका सूचना अधिकृत हरिदत्त जोशीले यहाँ ३१ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा गहुँखेती हँदै आएको बताए । “यहाँ दुई दशमलव २१ प्रतिहेक्टर गहुँ उत्पादकत्व रहेको छ”, उनले भने, “गत वर्षभन्दा तीन प्रतिशतले उत्पादन बढेको छ ।”
जोशीका अनुसार गत वर्ष कञ्चनपुरमा ९७ हजार तीन सय ७५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यहाँ ५९ हजार छ सय दुई हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको बताउँदै उहाँले यहाँ ५६ हजार ६०२ हेक्टरमा मात्रै खेती गरिँदै आएको जानकारी दिए।
“कञ्चनपुरमा अझै कुल जनसङ्ख्याको ७२।६३ प्रतिशत नागरिक कृषिमा निर्भर छन्”, सुचना अधिकृत जोशीले भने, “अझै सबैतिर सिँचाइ सुविधा पुग्न सकेको छैन । सिँचाइ सुविधाको पहुँच विस्तार गर्न सके उत्पादनमा पनि वृद्धि हुने थियो ।” उनले हालसम्म ४० हजार ७२५ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको जानकारी दिए ।
यहाँ निर्माणाधीन महाकाली सिँचाइ तेस्रो चरण आयोजना सम्पन्न भए कञ्चनपुरसँगै कैलालीको मालाखेतीसम्म गरी ३३ हजार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा पुग्ने छ । सुदूरपश्चिमका सात पहाडी जिल्लाका लागि कञ्चनपुर र कैलाली अन्न भण्डार मान्छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
असार २, २०८१ आइतबार
साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन
जेठ ३२, २०८१ शुक्रबार
खडेरीले बारीमै कोदो सुकेपछि किसान चिन्तित
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग
असार ३, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
असार ३, २०८१ सोमबार
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
असार ३, २०८१ सोमबार
युरोकपमा इङल्याण्डको विजयी सुरुवात
असार ३, २०८१ सोमबार
मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
असार ३, २०८१ सोमबार