खप्तड राष्ट्रिय निकुञ्जबाट संकलन हुने राजस्वमा कमी
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार १४:२८:७
११ जेठ, डोटी । खप्तड राष्ट्रिय निकुञ्जबाट संकलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । निकुञ्जले आयोजना गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व संकलन चुनौती बनेको बताइएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म रु तीन लाख ३६ हजार १० मात्रै राजस्व संकलन भएको निकुञ्जका कार्यालय प्रमुख सरोजमणि पौडेलले जानकारी दिए । उनका अनुसार सो अवधिमा एक हजार तीन सय चार जनाले खप्तडको भ्रमण गरेका छन् ।
पौडेलका अनुसार आव २०७९/८० मा रु सात लाख ८७ हजार छ सय २६ राजस्व संकलन भएको थियो भने दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए । आव २०७८/७९ मा दुई हजार दुई सय नौ जनाले खप्तडको भ्रमण गरेकामा रु नौ लाख २० हजार आठ सय २९ राजस्व संकलन भएको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
राजस्वको प्रमुख स्रोत पर्यटकले काट्ने टिकट हो । पछिल्लो समय केही पर्यटकले टिकट बिनै खप्तडको भ्रमण गरिदिँदा राजस्व सङ्कलनमा कमी आएको निकुञ्ज प्रमुख पौडेलको भनाइ छ । विभिन्न बहानामा टिकट नकाट्ने र टिकट छल्ने प्रवृत्ति बढ्दै जाँदा राजस्व संकलनमा कमी आउनुका साथै भ्रमणका क्रममा बिरामी परे उद्धारमा कठिनाइसमेत हुने गरेको उनले बताए ।
हजारौँ रकम खर्च गरेर खप्तड भ्रमण गर्न आउने केही पर्यटकले एक सयको टिकट काट्न आनाकानी गर्दा पर्यटक व्यवस्थापन तथा आपत्कालीन उद्धारमा समेत समस्या हुने गरेको पौडेलले बताए ।
उनका अनुसार निकुञ्जमा प्रवेश शुल्क प्रतिव्यक्ति स्वदेशीका लागि रु एक सय, सार्क मुलुकका नागरिकलाई रु पाँच सय र अन्य विदेशीका लागि रु एक हजार पाँच सय तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
असोज ११, २०८१ शुक्रबार
वीरगन्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
असोज १०, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार